नवरात्रीका हरेक रात विविध आर्य बिष कन्याहरुको प्रयोग गरी अनार्य असुरहरुको राजा महिषासुरलाई बध गर्न आर्यहरु सफल हुन्छन ।
-जे कि चाप्चा

नवरात्री, नवरात्रा वा नवरथा अथवा नौ रातहरुलाई आर्य हिन्दुहरु ´The Nine Divine Nights of NavaDurga´ भन्ने गर्दछन , जुन नौ रातहरु आर्य हिन्दु पौराणिकताभित्रको आर्य अस्तित्वसंग एउटा विशेष महत्वपूर्ण अर्थ राख्ने गर्दछ। सिन्धुघाँटी प्रवेशसंगै मध्य भारततिर आर्य राज्य बढाउनेक्रममा, सम्भवत हाल उत्तर प्रदेश, मध्यप्रदेश अनि बिहार राज्यहरु जहाँ गंगा नदि बीच भएर बग्दछ र त्यसै वरिपरि अनार्य असुर जातिहरुको पौराणिक बंग प्रदेश थियो र महिषासुर त्यहाँको शक्तिशाली राजा थियो भनिने गरिएको पाईन्छ। उब्जनीले उर्बरा भुमि रहेको बंग प्रदेशमाथी लोभी, लालची आर्यहरुको आँखा गाडिनु स्वभाविक हो भनेर बुझिनु पर्दछ। चैतको अष्टशुक्लपक्ष देखि असोजको अष्टशुक्लपक्षसम्म छ महिना आर्यहरुले लगातार महिषासुरसंग युद्ध लडेर जित्नु नसकेपछि, अन्तत आर्यहरु महिषासुरमाथी यौन जालो थाप्न पुग्दछ ।
त्यसैक्रममा औंशीको रात शैलपुत्री, हिजो घटस्थापनाको रात ब्रह्मचारिणी र आज महिषासुरलाई बिषालु योनीरसले विषाक्तपार्ने पालो चन्द्रघण्टा आर्य बिषकन्याको हुन्छ। यस्तो क्रम नवमीको रातसम्म चल्दछ। सम्भवत सप्तमीको रातले महिषासुरमा बिषको केहि असरहरु देखिनु सुरुगरेकोलेगर्दा अष्टमीको रातलाई ” अब यसको काल आयो। ” भनेर नै त् होला, ´कालरात्री´ भनिन्छ ।
आज बेलुका ब्राह्मण पण्डितहरुले घर, मन्दिरहरुभित्र गोप्यअर्थमा चन्द्रघण्टाको उपसना गर्दछ। आर्य अस्तित्व बचाउनु शरीरलाई विषाक्त बनाई, सत्रुहरुसंग सहवास गर्न सहर्ष स्वीकार गर्ने ती नौ जना आर्य बिषकन्याहरुलाई आर्य हिन्दु धर्मले एकमुष्ट रुपमा स-सम्मान गरेर ´नवदुर्गा´ मान्दछ।
आर्यहरु कसरी तयार पार्थे बिषकन्या ?
वैदिककालमा ब्राह्मणहरुले छोरी जन्मियो कि, घाँटी निमोठेर मारि फाल्दिन्थ्यो भन्नेपनि विज्ञहरुको कथन रहेकोछ। वैदिक ब्राह्मण धर्मले नारीशक्तिलाई धेरैपछिमात्रै स्वीकार गरेर, देवी दुर्गा आदि ईत्यादिहरुको शक्ति-अस्तित्व अङ्गीकार गरिएको पनि भनिन्छ।
भनिन्छ, कुनै आर्य कुलमा जन्मिएको स्त्री-शिशुलाई छ महिना पुगेपछि सुरुवातमा खोले (जाउलो) मा, धतुरोको एकदमै थोरै मात्रा मिसाईएर खुवाईन्थ्यो ।बच्चा हुर्किनेक्रमसंगै त्यसको मात्रा बढाउदै लगिन्थ्यो । यसरी धतुरोदेखि बिषको मात्रा बढाउने क्रमसंगै, अरु बिषालु पदार्थहरुपनि खुवाइदै लगिन्थ्यो , यसरी नै बिष खुवाईने क्रमले तिब्रता लिंदै जाँदा, ति बालिका 14,15 बर्षको उमेर पुग्दा, गोमन सर्पले जिब्रोमा ठुङ्गाउदां केहि नहुने अवस्थामा पुर्याईइन्थ्यो।अनि त्यो धतुरो खुवाईएको छ महिनाको शिशु बालिका 17,18 बर्षको तरुणी भईसक्दा, उसले दिसा-पिसाप गरेको वरिपरी सप्पै झारहरु नै मरिजाने बिषालु तरुणी भईसक्थ्यो।
यसरी उसको,थुकदेखि दिसा-पिसाप हुदै उसको योनी रससम्मै पूर्णत विषाक्त भएसकेपछि उ एउटा पूर्णत ´बिषकन्या´ बनिन्थ्यो।
अनि त्यस्तो बिषकन्याहरुलाई आर्य-ब्राह्मणहरुले तिनेरुको शक्तिशाली अनार्य शत्रु, जसलाई युद्द गरेर जित्नु सकिंदैन, उनेरुलाई आर्य-बिषकन्याहरु प्रयोगगरि प्रेम-यौन जालहरुमा पारि मारिन्थ्यो।अनार्य शक्तिशाली बीर-पुरुष महिषाशुरलाई यस्तै नौं जना बिषकन्याहरु प्रयोग गरिएको मारिएको हुनाले, त्यो सारा नौं जना बिषकन्याहरुलाई सम्मान स्वरूप ´नव दुर्गा´ भनियो।
आज घटस्थापनाको रातमा, आर्य ब्राह्मणहरुले अनार्य शक्तिशाली बीर-पुरुष महिषाशुरलाई मारिनु, दोश्रो बिषकन्या ´ब्रह्मचारिनी´ प्रयोग गरिएको हो भनिन्छ।
को को हुन नव दुर्गा ?
आर्य-ब्राह्मणहरुले आफ्नो शत्रु थानेका अनार्य महिषाशुरलाई मार्न प्रयोग गरिएका नौं जना आर्य बिषकन्याहरु यस प्रकारका छन ।
नौं आर्य बिषकन्याहरु :
१. शैलपुत्री
२. ब्रह्मचारिनी
३. चन्द्रघण्टा
४. कृष्माण्डा
५. स्कन्दमाता
६. कात्यायनी
७. कालरात्री
८. महागौरी
र
९. सिद्दीयात्री
ब्राह्मण धर्म (हिन्दु धर्म) को कालो दशैं कथाको नवदुर्गा भनिएको, नौं जना आर्य बिषकन्याहरु हो।
श्रोत : जे कि चाप्चा फेस्बुक
