देब पचभैया
पाल्पा, असोज २७ – मलेसियाको ईपु तेराकमा ३ नेपाली अलपत्र परेका छन् ।
ढाई महिना अघि काठमाण्डौ सामाखुशि स्थित स्वईफपलिंक नामक कम्पनी बाट मलेसियाको एम पलास्टिक कम्पनीमा गएका मस्याम पाल्पाका खड्कबहादुर कार्की, सिन्धुलीका दुर्गा बिक र मुगुका शिबराज बानिया अलपत्र परेका हुन् ।
शुरुको तीन दिन कम्पनीले काम दिएको त्यसपछि तिमिहरुको काम छैन घर जाओ भन्दै मालिकले आफुहरुलाई काम बाट निकालिदिएको खड्कबहादुर कार्कीले टेलिफोन मार्फत जानकारी दिए ।
नेपाल बाट गएका ५ जना मध्ये ३ जनालाई कम्पनीले निकालेको कार्कीको भनाई छ ।
मालिकले तिमिहरुलाई एजेन्सीबाट किनेर ल्याएको हो, त्यही जाउ भन्दै पठाईदिएपछि आफुहरु एजेन्सीमा गएको तर , एजेन्सीले पनि दुई दिन सम्म भोकै कोठामा थुनेपछि आफुहरु कम्पनीकै कोठामा बसीरहेको मुगुका शिवराज बानियाले बताए ।
एक लाख चासिल हजार तिरेर पलास्टिक कम्पनी भित्र चम्चा, पिलेट बनाउने भनेर काठमाण्डौ बाट मलेसिया गएको तर, त्याहा पुग्दा चर्को घाममा ७०, ८० केजीका बोरा बोक्नु परेको उनीहरुको भनाई छ ।
आफुहरुलाई मलेसिया पठाउने स्वईफपलिंकका संचालकहरु राजन ज्ञवाली,किरण भट्ट र भिम भट्टलाई पटक पटक फोन गरेको तर उनीहरुले उल्टै मार्ने धम्की दिएको मस्याम पाल्पाका खड्कबहादुर कार्कीले जानकारी दिए ।
एम्बेसीमा फोन गरेर कम्पनीका संचालकहरुको नम्बर दिएको तर उनीहरुले एम्बेसीको फोन पनि नउठाएको एम्बेसीको जवाफ पाएको उनीहरुको भनाई छ । १०, १५ दिन सम्म भोकै बसेको र ३ दिन काम गरेको दुई तीन सयले अव धेरै दिन खान नपुग्ने उनीहरुले बताएका छन् ।
छिमेकमा कोही नेपाली पनि छैनन्, बंगाली र अन्य देशका कामकार मात्रै छन्, कार्कीले टेलिफोनमा भने उनीहरुले सहयोग गरेका छैनन् ।
