नेपालमा भएको प्राकृतिक श्रोत माथि भारतको गिद्धे दृष्टि

Read Time:3 Minute, 47 Second

गोविन्द घर्ती

देवदह, असोज २६ – संविधान निर्माण संगै राजनैतिक क्रान्ति सम्पन्न भएकोले अव देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेको नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईले बताएका छन ।

भट्टराईले राजनैतिक रुपमा कसले कसैलाई निषेध गर्नु भन्दा देशको स्वाधिन अर्थतन्त्र निर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगरसमितिद्धारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताएको हो । नेता भट्टराईले नागरिकका प्रतिनिधिले बनाएको नेपालको संविधान लोकतान्त्रिक रहेको दावी गरे । भट्टराईले संविधान आवश्यकता अनुसार संसोधन गर्न सकिने भएकोले छुटेका विषयहरु थप गर्न सकिने बताए ।

नेपालमा भएको प्राकृतिक श्रोत माथि कव्जा जमाउन भारतले विभिन्न किसिमका समस्या सृजना गरेको बताए । नेता भट्टराईले नेताहरु भारतीय शासक संग झुक्ने गरेका कारण भारतले नेपाल माथि हस्तक्षेप गर्ने गरेको आरोप लगाए । सोही कार्यक्रममा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले प्राविधिक शिक्षाको आवश्यकता रहेको बताए । थापाले गुणस्तर र सिपमुलक शिक्षा प्रदान गरी अन्र्तराष्ट्रिय स्तरको जनशक्ति तयार गर्न सरोकारवालाहरु एक भएर लाग्नु पर्नेमा जोड दिए । थापाले अर्को प्रसंग जोड्दै विनासकारी भूकम्प र तराई आन्दोलनले शैक्षिक क्षेत्रमा क्षति पुगेको बताए ।

संगठनका अध्यक्ष खेमानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष शिव सुवेदी, जिल्ला सदस्य शिद्धिचरण भट्टराई, संगठनका जिल्ला अध्यक्ष ऋषिश्वर अर्याल, एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, नगर अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, मित्रलाल न्यौपाने, कृष्णप्रसाद पौडेल, एकनारायण काफले, दुर्गादत्त शर्मा, वासुदेव रिमाल, उमामान्त अधिकारी, दिनानाथ अर्याल, तेजु अर्याल, धु्रवराज न्यौपाने लगायतले बोल्दै शिक्षकहरुले काम कर्तव्य र जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत हुने मित्रलाल न्यौपाने, निलकण्ठ पौडेल, हिरामणि शर्मा, ऋषिश्वर अर्याल, एकनारायण काफले, शिव ढुगाना, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पौडेल, वासुदेव रिमाललाई सम्मान गरिएको थियो । संगठनका उपाध्यक्ष विनोद शर्माको स्वागत र कृष्ण न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %