रूद्र श्रीसमगर
पोखरा, २७ असोज – कास्कीको उत्तरपश्चिमी गाविसहरू रिभान र ल्वाङघलेलमा बसोबास गर्ने मगर समुदाय संगठित भएका छन् ।

बुधबार रिभान–९, मोहरामा भएको मगरहरूको भेलाले बलबहादुर थापामगरको अध्यक्षतामा नेपाल मगर संघ मोहरा–मर्दीखोला एकाइ समिति गठन गरेको छ । नेपाल मगर संघ कास्की अन्तर्गत रहेकामध्ये यो ३४ औं एकाइ हो ।
भेलाबाट उपाध्यक्षमा रेशम थापामगर, सचिवमा रासबहादुर थापामगर, सह–सचिवमा पूर्णबहादुर छन्तेलमगर र कोषाध्यक्षमा देवी बुढाथोकीमगर चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा खेमबहादुर रानामगर, कृष्णकुमारी थापामगर, चन्द्रकुमारी रानामगर, विश्व थापामगर, लालश्री थापामगर र दानबहादुर थापामगर रहेका छन ।
यसअघि, सो भेलाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले आफ्नो हक, हित र अधिकारका लागि मगरहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । नयाँ संविधान अझै पनि मगरलगायतका आदिवासी जनजातिको पक्षमा नरहेको भन्दै थापामगरले संविधान संशोधनका लागि मगर समुदायले सशक्त दबाब दिनुपर्ने बेला आएको बताए ।

नेपाल मगर संघ कास्कीका संगठन विभाग प्रमुख कर्णबहादुर थापामगरले कसैको अन्याय र अत्याचार सहनु ठूलो गल्ती भएको भन्दै मगरले आफ्नो जातीय पहिचान स्थापित गर्न एकताबद्ध आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा नेपाल मगर बौद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगर, मगर आमसञ्चारकर्मी समाज कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ कास्की जिल्ला सदस्य जौमाया थापामगर, नेपालअ आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका सदस्य राजेन्द्र गुरुङ, माछापुच्रे प्राथमिक विद्यालय, रिभान–९, मोहराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर रानामगर, नेपाल मगर संघ लुम्रे खोरामुख एकाइ समितिका पूर्व सचिव बलबहादुर थापामगरलगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नृत्यहरू पनि प्रस्तुत गरिएका थिए ।
वडा अध्यक्ष गौरवबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रासबहादुर थापामगर र निवर्तमान वडा नागरिक मञ्चका संयोजक रेशम थापामगरले स्वागत गरेका थिए ।
यसैबीच, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् रिभान र ल्वाङघलेलको संयुक्त आयोजनामा बुधबार नै आदिवासी जनजाति सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका सदस्य राजेन्द्र गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरले प्रशिक्षण दिएका थिए ।
