‘कर्मरेखा’ हेर्न दर्शकको घुइँचो

Read Time:2 Minute, 8 Second

रूद्र श्रीसमगर

पोखरा, २६ असोज – गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘कर्मरेखा’को पोखरामा विशेष प्रदर्शन सम्पन्न भएको छ ।

पोखराको न्यूरोडस्थित पूर्णिमा चलचित्र मन्दिरमा भएको तीन शोमा नै चलचित्र हेर्नका लागि दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । खासगरी, चलचित्रमार्फत् हङकङमा रहेको नेपाली समाजको विकृति, विसंगति उजागर गरिएको र गुरुङ संस्कृतिमा ढोगभेटको महत्व देखाउन खोजिएको सो चलचित्रका निर्माता मध्येका एक गिरीप्रसाद गुरुङले जानकारी दिए ।

कास्कीको पर्यटकीय गाउँ पार्चे, सिक्लेस तथा हङकङमा छायाङ्कन गरिएको सो चलचित्रका निर्माताहरूमा गिरीप्रसाद गुरुङ, कृष्ण गुरुङ (युके), मेन गुरुङ (युके), ज्ञान गुरुङ (युके), चौ गुरुङ (हङकङ), सुवास गुरुङ (हङकङ), खिमकुमार गुरुङ, गोरे गुरुङ, समीक्षा गुरुङ (इजरायल) रहेका छन ।

सुवास गुरुङको निर्देशनमा करिब १९ लाख रुपैयाँ लगानीमा बनेको सो चलचित्रका कलाकारहरूमा रिश्मा गुरुङ, अनिता गुरुङ, कौशिला गुरुङ, खिमकुमार गुरुङ, गिरीप्रसाद गुरुङलगायत रहेका छन् । त्यस्तै, चलचित्रको संगीतकार आरके गुरुङ र धनबहादुर गुरुङ, गायक खिमकुमार गुरुङ, धनबहादुर गुरुङ र शान्ति गुरुङ रहेका छन ।

सो चलचित्र हालसम्म विदेशमा हङकङ, युके, जापान, मलेसियामा प्रदर्शन भइसकेको छ भने नेपालमा बेंशीसहर, गगनगौंडा, माडी, चितवन र पोखरामा प्रदर्शन भइसकेको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %