साधारण सभा सम्पन्न

Read Time:1 Minute, 14 Second

सोनु थापा मगर

बुटवल,२३ असोज – कानुङ्ग बचत तथा ऋण सहकारी संस्था बुटवलको ७ औं साधारण सभा शनिबार ९ आज ० बुटवलमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष जङ्ग बहादुर श्रीसको अध्यक्षता तथा सहकारीका संस्थापक अध्यक्ष एवं आजीवन संरक्षक ई। हिरा बहादुर भलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा कोषाध्यक्ष ईन्द्रा वलाल मगरले आर्थिक वर्ष ०७१ / ७२ सालको करीब ५ करोड ४१ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखासमिति संयोजक दिल बहादुर थापा मगरले लेखासमितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

साधारण सभामा शेयर सदस्यहरुका छोरा/छोरी मध्येबाट एल।एल।सी। मा विशिष्ट श्रेणी ल्याउने छात्र / छात्राहरुलाई सम्मान गरिएको थियो । सहकारीमा ५ सय २ जना शेयर सदस्यहरु रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %