रूद्र श्रीसमगर
पोखरा, २३ असोज – लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही असोज २६ गते हुने आफ्नो सातौं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा शनिबार लखनचोक सरसफाइ सम्पन्न गरेको छ ।

नेपालका प्रथम सहिद लखन थापामगरको शालिक रहेको स्थान पोखराको व्यस्त चोक लखनचोकलाई सफा र सुन्दर राख्ने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखराका प्रमुख बद्रीनाथ आचार्यको प्रमुख आतिथ्यमा हुने साधारणसभाको पूर्व सन्ध्यामा सहिद लखन थापालाई नेपाल सरकारले प्रथम सहिद घोषणा गरेको खुशीयालीमा गरिएको सरसफाइ कार्यक्रममा अध्यक्ष रानामगरसहित सञ्चालक समितिका पदाधिकारी, लेखा समिति सदस्य एवं शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सरसफाइसँगै लखनचोकमा रहेको प्रथम सहीद लखन थापामगरको शालिकमा अध्यक्ष रानामगरले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन समेत गरेका थिए
