देब पचभैया
पाल्पा, असोज २३ – नायरनमतलेश १ सिन्चास पाल्पामा आज बिहान भएको निजि कार दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना गंभिर घाईते भएका छन् ।
बुटवल बाट पोखरा जादै गरेको ग १ ज ४३८८ नम्बरको कार दुर्घटना हुदा पोखरा ८ एयरपोटका ४० बर्षिय प्रेम गुरुगको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा चालक पोखराकै असोक गुरुंग र काभ्रेपलान्चोकका राजकुमार थापा घाईते भएका छन् ।
थापाको अवस्था गंभिर रहेको र उनको पोखरा न्युरो अस्पताल पछि थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको र अर्का घाईत चालक असोकको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
