रूद्र श्रीसमगर
पोखरा, २३ असोज – पैंयुँखोला तमु समाजको ६५ औं अर्धवार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

समाजसेवी एवं पोखरा–१८ का पूर्व वडा अध्यक्ष कोमलप्रसाद गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आर्थिक आयव्यय तथा कार्यक्रमहरूको समीक्षा गरिएको थियो ।
समाजका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव खकीमाया गुरुङ र दुर्गासिंह गुरुङले स्वागत गर्नुभएको थियो । साधारणसभाले सचिव खकीमाया गुरुङद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बलबहादुर गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रममा सांस्कृतिक संयोजक कुमार गुरुङ, नारायण गुरुङलगायतले पनि बोल्नुभएको थियो । समाजमा हाल १८३ घर आबद्ध छन् ।
