पशुबली प्रथा बिरुद्द विचार गोष्ठी हुने

Read Time:3 Minute, 39 Second

देवर्षि ,न्यूज टिम

काठमाडौं, असोज २१ – हिन्दू हरुको महान् पर्व दशैं नजिकिँदै आएको मौका पारेर अहिंसावादी संघ संस्थाहरूको संयुक्त आयोजनामा पशुपँक्षि बलि उचित छ वा छैन भन्ने लगायतका विषयमा छलफल गर्न विचार गोष्ठीको आयोजना गरिएको बताइएको छ ।

धर्मदर्शन एवं वेदान्तका विद्वान प्रा.शिवगोपाल रिसाल र बरिष्ठ चिकित्सक डा. हेमराज कोइरालाको कार्यपत्रमाथि छलफल हुने सो विचार गोष्ठी काठमाडौंको मध्यबानेश्वरमा अवस्थित कवीर आश्रममा हुने पशुबलि निषेध चेतना अभियानका संयोजक बिकेश श्रेष्ठले न्यूज टिमलाई बताएका छन ।   

यही असोज २४ गते आइतवार हुने भनिएको सो गोष्ठीमा अनन्त ज्योति ध्यान केन्द्रका तर्फबाट मांशाहारका लागि पालन गरिएका जनावरहरूको कारणबाट जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको विषयमा खोजमूलक महत्त्वपूर्ण डकुमेन्ट्रिको प्रस्तुति पनि रहने सो ध्यान केन्द्रका महासचिव विष्णुप्रसाद न्यौपानेले बताएका छन ।

विचार गोष्ठीमा अहिंसावादी, धार्मिक एवम् आध्यात्मिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । गोष्ठीमा धर्मको नाममा नेपाली समाजमा हुँदै आएको पशुपँक्षिको बलि दिने प्रथा कति जायज तथा कति नाजायज छ भन्ने विषयमा घनिभूत छलफल हुने बुझिएको छ । दशैं पर्वलाई पशुपँक्षिको बलि चढाइने चाडको रूपमा पनि बुझिने गरेको परिपेक्षमा दशैंको मौका पारेरै गरिन लागेको सो गोष्ठी समसामयिक एवम् सान्दर्भिक रहेको मान्न सकिन्छ ।

आयोजकहरूले यस विषयमा जिज्ञाशा भएका आमसर्वसाधारणलाई गोष्ठीमा सहभागि भएर आफ्नो जिज्ञाशा राखिदिनलाई समेत अनुरोध गरेका छन् ।

हिन्दू हरुको चाड गढी माइ लगायत बिबिध पर्वमा पशुपंक्षिको बली दीइ  देउता खुशी पारी आफुलाई फलोस फुलोस भनी भाकल गर्ने परम्परा रहेको छ ।हिन्दू हरुको अर्को महान चाड दसैंमा पनि दुर्गा देवीलाई खुशी पारे सम्पूर्ण दु:ख हरण हुने अन्धविश्वास स्वोरुप हजारौ पशु पंक्षिको बध गर्ने गरिन्छ । यो बर्ष नेपाल मा शक्तीसाली भुकम्पले ९ हजार जतिको ज्यान गएको छ भने नयाँ संबिधानले पुरानै शाशक सामन्ती हरुको पक्षपोषन मात्र गरेको भनी आन्दोलन गर्दा एक महिनामा ५० जना भन्दा बढी मधेसी थारु लगायतका आन्दोलन कारी को ज्यान गएको छ । यस्तो दु:खद घडीमा शोक मनाइ चिर शान्तिको कामना गर्नु पर्ने ठाउमा चाड पर्व मनाउने नाउमा लाखौं पशुपंक्षि बलि दिई बिजय उत्सव मनाउनु अत्यन्त सम्बेदनहिन कार्य रहेको जानकारहरु बताउछन  ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %