देब पचभैया
पाल्पा, असोज २० – पाल्पाको लामीडाडामा मोटरसाईकल र बस आपसमा ठक्कर खादा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक रुपन्देही मधवलीका ५९ बर्षिय हुमबहादुर थापाको ज्यान गएको हो ।
पाल्पा बाट बुटवल जादै गरेको ना. ५ ख. ७०९१ नम्बरको बस र बुटवल बाट पाल्पा आउदै गरेको लु. ८ प. ४०७५ नम्बरको मोटरसाईकल बिहान सवा १० बजे तिर ठोक्किएका थिए ।
दुर्घटनामा घाइते थापाको उपचार गर्न लुम्बिनि मेडिकल कलेज प्रभास लैजाने क्रममा ज्यान गएको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
