माया घले मगर
इजरायल, असोज २० – इजरायलमा कार्यरत महिला कल्पना पौडेलद्वारा नवलपरासी गैडाकोट स्थित श्री विजय निम्न माध्यमिक विद्यालयका चिनीमाया खाम्चा मगर र साजन पौडेल निम्न वर्गिय परिवारका दुई वच्चालाई छात्रवृत्ति प्रदान गरेकि छीन ।
लामो समयदेखि इजरायलमा रहदै आइरहेकी कल्पना पौडेलको पहलमा वि.सं २०७० मा स्थापना भएको कल्पना फाउन्डेसन नेपालले अत्यन्तै निम्न वर्गिय परिवारका दुई जना वच्चाहरुलाई छात्रवृत्ति दिएको हो । स्थापना काल देखिनै गरिब तथा जेहेन्दार बालबालिकाहरुको पठनपाठनमा सहोयग गर्दै आइरहेको कल्पना पाउन्डेसन नेपालले विभिन्न समयमा स्कुल निर्माण, भूकम्प पिडित परिवार तथा भूकम्प पिडित बालबालिकालाई सहयोग गर्दै आएकोमा यस बर्षदेखि आफ्नो कार्यक्षेत्रको विस्तार गर्दै फाउन्डेसन कि सस्थापक तथा समाजसेवी कल्पना पौडेल ‘जिज्ञासु ‘ कर्म थलो इजरायलबाट बिदाको लागि नेपाल गएको अवसर पारेर सो छात्रवृत्ति प्रदान गरेकी थिइन् ।
गत भदौ ११ मा नवलपरासी गैडाकोट स्थित श्री विजय निम्न माध्यमिक विद्यालयमा सम्पन्न एक समारोहकाविच फाउन्डेसनले नवलपरासी गैडाकोटका कक्षा १ मा पढ्ने साजन पौडेल र कक्षा ३ मा पढ्ने चिनीमाया खाम्चा मगरलाई कम्तिमा १० कक्षासम्म अध्यनकालागि छात्रवृत्ति प्रदान गरेको हो । त्यसै समारोहमा एक बर्ष सम्म लाग्ने खर्च बच्चाहरुको हातमा हस्तान्तरण गर्दै सहयोग गरिएको पैसा सहि ठाउँमा सहि तरिकाले उपयोग गरिनुपर्ने र यसले अझै हौसला र प्रेरणा थपिने कुरा व्यक्त गर्नु हुदै संस्थापिका कल्पना ‘ जिज्ञासु’ इजरायल फर्किनु अगावै उक्त रकम स्थानिय फाइनान्स किसान बचत सहकारी संस्थामा स्कुलको नाममा जम्मा गरिएको संस्थापक जिज्ञासुले नेपाल इजरायल डट नेटलाई जानकारी गराएकी छिन ।
छात्रवृत्ति प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलक पराजुली र शिक्षकहरु डिलाराम रिजाल, काशिराम सपकोटा , रोशन मल्ल लगायतकाहरूले मन्तव्य राखेका थिए । फाउन्डेसन कि अध्यक्ष कल्पना पौडेल ” जिज्ञासु’ ले मन्तव्य क्रममा आफ्ना लागि सबैले गरेका हुन्छन जसले अरुको लागि केहि गर्छ पसिनाका केहि बिम्ब देश र सामाजिक कार्यमा छम्किन्छ बास्तवमा त्यहि नै सच्चा मानब ठहरिन्छ भन्दै यसरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पाउदा अत्यन्तै खुशी र आत्मसन्तुष्टि मिलेको बताइन् ।
उनले महिलाहरुमाथि हुने घरेलु हिंसा र लैंगिक विभेद अझै पनि समाजमा विदित रहेको बताउदै सामाजिक कार्यमा अग्रसर भएका महिलाहरुलाई घर परिवार र समाजले सहि मूल्यांकन गरेर नारीभावनाको कदर गरिदिए धेरै महिलाहरू सामाजिक कार्यमा अग्रसर हुनेथिए भन्ने गहकिला भनाईहरू समेत राखेका थिए । कार्यक्रम निकै सभ्य र भव्यताका साथ सम्पन्न भएको थियो ।