बाबुरामलाई पाल्पामा स्वागत गरिदै

Read Time:3 Minute, 59 Second

देब पचभैया
 
पाल्पा, असोज १८ – पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई नागरिक भेटघाट तथा अन्तरक्रिया गर्न सोमबार पाल्पा आउनुहुने भएको । मधेश, थारु र मगरात आन्दोलनमा खुलेर समर्थन गर्नुभएका पूर्व प्रधानमन्त्री भट्टराईले
मगर मुतिm मोर्चाले तानसेन नागरपालिकाको हलमा सोमबार दिउँशो आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।

एकीकृत माओवादी पार्टीबाट राजीनामा दिए पछि भट्राई देशभरि नागरिकहरुसँग अन्तरक्रिया तथा छलफल गर्ने अभियानमा हुनुहुन्छ । संविधानमा मधेश, मगरात र थारु समुदायलाई अन्याय भएको भन्दै भट््राईले कलस्टर विभाजनमा मगरात भूमीलाई मिलाउनुपर्ने अडान राख्दै आउनुभएको छ ।

तानसेनमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा मगर संघ तथा मगरात संघर्ष समितिले आफ्नो धारणा राख्ने, तथा अन्य नागरिकका सुझाव लिने कार्यक्रम रहेको मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सरुण बाठामगरले बताउनुभयो । आयोजकले अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना र नेपाल प्रहरीका पूर्व आइजीपी कुबेरसिं रानालाई बोलाएको छ ।

मगरात भूमीमा बस्ने नागरिकको धारणा र सुझाव लिन भट्राई ऐतिहासिक भूमी पाल्पामा आउने आयोजकहरुले बताएका छन् ।

सोमबार दिउँशो अन्तरक्रिया कार्यक्रम गरे पछि भट्राई पश्चिम लाग्ने कार्यक्रम छ । मगरात संघर्ष समितिले समेत मगरात भूमीलाई प्रदेश विभाजनमा टुक्राटुक्रा पारेको भन्दै आन्दोलनका कार्यक्रम गरिरहेको छ । समितिका संयोजक वसन्त घर्तीमगरले प्रदेश विभाजनमा सबैभन्दा थारु र मगर समुदायलाई अन्याय गरेकाले आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।

यसैबीच प्रचण्ड निटक नेताहरुले मगर मोर्चाले गर्न लागेको अन्तरक्रिया कार्यक्रम रोक्न निर्देशन दिएका छन् । प्रचण्डका दाहिने हात मानिने नन्दकिशोर पुन पासाङ्ले बावुराम सहभागी हुने कार्यक्रम रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ । तर आयोजक मगर समुदायले जनयुद्धमा सबैभन्दा बढी नेतृत्वलाई बिस्वास गरेर बन्दुक बोकेको तर अन्तमा धोका दिएको भन्दै कार्यक्रम गरेरै छाड्ने जनाएका छन् ।

संविधानले मगरात भूमीका बासिन्दालाई सबैभन्दा बढी अन्याय गरेको छ अब पार्टीको नेतालाई विस्सास गर्ने आधार समाप्त भयो एक नेताले भने । जनयुद्ध सुरु गर्दा सबैभन्दा पहिले मगरात भूमीबाट बिद्रोह सुरु भएको स्मरण गर्दै उनले अब अन्यायमा परेपछि उच्च स्तरको बिद्रोह मगरात भूमीबाटै हुने बताए । उनले एमाओवादीले कारबाही गरे पनि अब पार्टीबाट केही पद बाहेक अन्य अधिकार पाउने आश नरहेको बताउँदै केही नपाउने पार्टीले कारबाही गरे फरक नपर्ने दृढता व्यक्त गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %