सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक विकासमा लाग्नु पर्छ :अध्यक्ष तुलाचन

Read Time:3 Minute, 13 Second

गोविन्द घर्ती  

देवदह, असोज १६ – सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक विकासको लागि लाग्नु पर्ने जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले बताएका छन ।

उनले सहकारीहरु दीर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदह–८, शितलनगरको चौथो साधारणसभाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएको हो । अध्यक्ष तुलाचनले सहकारीहरु सहकारीका सिद्धान्त र नीति नियममा चल्न सक्ने हो भने छिट्टै नै आर्थिक विकास गर्न सकिनेमा जोड दिए । सोही कार्यक्रममा बाल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सहकारीहरु वीच समन्वय गरी सहकारी सञ्जाल निर्माण गर्नु पर्ने बताए । उनले सहकारीले उत्पादन मुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए । अहिलेका अवस्थाममा युवाहरु विदेशीने क्रम बढेकोले स्वेदशमै स्वरोजगार सृजना गर्न सहकारीले पहल गर्नु पर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष खुमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ रुपन्देहीका सचिव रमा खड्का, कोलिय बचत तथा ऋण सहकारीका अध्यक्ष सुवकान्त न्यौपाने, आर्दश शिक्षक सहकारीका कुलप्रसाद लामिछाने, देवदह बचत तथा ऋण सहकारीका हरिप्रसाद ढुगाना, नवप्रभात महिला बचत तथा ऋण सहकारीका टिका गौतम, नेपाली काग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, देवदह सभापति दुर्गाबहादुर राना, एमाओवादीका कृष्ण ढकाल, होमनाथ ढुगाना लगायतले बोल्दै सहकारीहरु पारदर्शि हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थी, उत्कृष्ट शेयर सदस्य, असल ऋणि, वालवचत कर्ता, संस्थाको विकासमा योगदान गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी पुर्व संचालक समितिका उपाध्यक्ष, संचालक, जेष्ठ नागरिकहरु समेतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाका सचिव भिमप्रसाद न्यौपानेको संचालन , उपाध्यक्ष विनोद शर्माको स्वागतमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष गोविन्द तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %