कमल चौधरी
बुटवल , असोज १५ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीको भूतपूर्व सैनिकहरुको भगीनी संगठन राष्ट्रिय भूतपूर्व सैनिक संगठन केन्द्रिय समितिको तेस्रो रास्ट्रिय भेला भोली शनिबार बुटवलमा हुने भएको छ ।

शुक्रबार एक पत्रकार सम्मेलन मार्फत संगठनका अध्यक्ष भिमबहादुर राना मगरले यसबारेमा जानकारी दिएका हुन । भेलालाई पार्टीका अध्यक्ष एमएस थापा मगर र बरिष्ठ सह–अध्यक्ष परशुराम तामाङ्गले सम्बोधन गर्ने कार्यक्रम तय भएको भेला संयोजक एवं राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर रानाले बताए । पत्रकारहरुलाई जानकारी दिदैं रानाले पेन्सन लिनेक्रममा भूपूहरुलाई विभिन्न ठाउँमा विभिन्न बहानामा दुःख हुने गरेको औल्याउँदै भूपूहरुलाई समान पेन्सन दिलाउन आफुहरु लडिरहेको र पेशागत संगसगै राष्ट्रिय हितका विषयमा पनि मुद्दाहरु उठाउदै आएको बताए ।

हजारौं भू.पू. सैनिकहरुका जीवन भरीको योगदान ग्रहण गरिएता पनि पेन्सन वितरण गर्ने सन्दर्भमा अनेकौं कानुनी तथा कागजी झमेला देखाई अनावश्यक रुपमा अड्चन दिदै आएको छ । भारत तथा ब्रिटिसका अवकास प्राप्त त्यहाँका सैनिकहरुले जुन सुविधा पाउँछन् त्यो सुविधा नेपालमा भएका ती देशबाट अवकास प्राप्त सैनिकहरुलाई नमिल्नु (समान पेन्सन सुविधा नहुनु) अवसर मिलेको छैन । ३० हजार भन्दा अधिक भू.पू. सैनिकहरु पेन्सन लिनबाट वञ्चित छन । ब्रिटिस अवकास प्राप्त गोरासैनिकसरह नेपालमा रहेका ब्रिटिस अवकास प्राप्त सैनिकहरुले पेन्सन नपाउनु र ब्रिटिसमा रहेका गोर्खा सैनिकहरुलाई नेपालको संविधान २०७२ मा दोहोरो नागरिकताको ब्यबस्थामाबिभेध गरेको छ । सिप तथा दक्षता अनुसार अवकास सैनिकहरुलाई रोजगारीको ग्यारेन्टी नगरिनु र राज्यले आरक्षण कोटाको ब्यबस्था समेत गर्न नसक्नु दुखत कुरा हो ।

नेपालको कुल बजेटमा ३७ प्रतिशत अवकास प्राप्त भू.पू.हरुले योग्दान पुर्याउँदै आएता पनि भू.पू.हरुका समस्याहरुका समाधान सरकारले गर्न सकिरहेको छैन । भूपूहरुको समस्यामा सरकारले कुनै पनि चासो नदेखाउने गरेकाले यि विविध समस्या समाधानका लागि यसको विकल्पमा भू.पू. सैनिक मन्त्रालय माग गरेको अध्यक्ष राना मगरले जानकारी दिए ।
यसैबीच आज हुने भेलामा सहभागीहरुको र्याली प्रथम शहीद लखनचौकबाट सुरु भएर मिडीयाचौकमा गएर सभामा परिणत हुने उनले जानकारी दिए । पत्रकार सम्मेलनको सञ्चालन ज्ञानबहादुर थापाले गरेका थिए । साथै भेलाको सम्पुर्ण तयारी पुरा भएको भेलाको संयोजक समेत रहेका भिमबहादुर रानाले जानकारी दिए ।
