तनहुँका भूकम्पपीडितलाई राहतवितरण कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 1 Second

यम दुरा 

दमौली , असोज १० गते -‘दुरा सेवा समाज’ ले तनहूँका भूकम्पपीडितलाई दमौलीमाआयोजित एक कार्यक्रमबीच आर्थिक राहतप्रदान गरेको छ ।

फोटो: देब दुरा 

 

संस्थाको मातहतमा खडा गरिएको ‘प्राकृतिकप्रकोप राहतकोष’मार्फत भूकम्पबाट अतिप्रभावित दुरा समुदायका ११ परिवारलाई प्रतिपरिवार सातहजार रुपैयाँका दरले राहतप्रदान गरिएको हो ।

२०७२ साल वैशाख १२ र २९ आएको भूकम्पबाट प्रभावित परिवारकालागि बेलायतमा रहनुभएका दुराबन्धुहरूबाट करिब ६ लाख रूपैयाँआर्थिक सहयोग प्राप्तभएको थियो । सोही रकमबाट आर्थिक सहयोग वितरण गरिएको जानकारी प्राप्तभएको छ ।

राहतवितरण समारोहमा बोल्नुहुँदै पूर्वसभासद सावित्री दुराले संस्थाबाट भएका कल्याणकारी गतिविधिको सराहनागर्दै भविष्यमा यस्ता सेवामूलक गतिविधिको मात्रा बढाउनुपर्ने आवश्यकताऔंलाए ।  

संस्थाकाअध्यक्ष गोकुल दुरा, वरिष्ठ उपाध्यक्ष लक्ष्मण दुरा, आजीवन सदस्यएवम् सल्लाहकार देवबहादुर दुरा, महासचिव बुद्धिबहादुर दुरा, पूर्वकेन्द्रीय सदस्य प्रेमबहादुर दुरा, सचिव दलबहादुर दुरा, दिनबहादुर दुरालगायतका वक्ताले संस्थाले सञ्चालन गरेका कल्याणकारी कार्यमा सबैले उदार मनले साथदिनुपर्ने आवश्यकताऔंल्याएका थिए ।

उनिहरूले भूकम्पपीडितका लागि बेलायतबाटप्राप्त आर्थिक सहयोगको सराहनागरेका थिए । सो अवसरमा संस्थाका पूर्वअध्यक्षतथा राहतवितरण समितिका संयोजक लोकबहादुर दुराले आर्थिक राहतवितरण कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउने दिशामाआफूहरू प्रयत्नशील रहेको जानकारी दिए । सोही समारोहमा तनहुँ रामथुम्कीका अग्निपीडित एक परिवारलाइ आर्थिक सहयोग प्रदान गरेको जानकारी पनिप्राप्तभएको छ ।

यसभन्दा अघि संस्थाले लमजुङका भूकम्पपीतिहरूलाई आर्थिक राहतवितरण गरिसकेको छ । यसैबीच, ‘दुरा सेवा समाज’ ले दमौलीमाभएको गोलीकाण्डमा परी ज्यानगुमाएका रोशन दुराको परिवारजनलाई भेटी शोकपत्र हस्तान्तरण गरेको छ । राहतवितरण समारोहमा उनीउनीप्रति श्रद्धान्जलित व्यक्तगर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %