उधारो संविधान जारीको कुनै अर्थ छैन’ : विरकट्टा

Read Time:3 Minute, 43 Second

कमल चौधरी  

बुटवल ,असोज ८ – संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य दल बहादुर विरकट्टा मगरले नाम विनाको उधारो संघीय संविधान जारी गर्नुको कुनै अर्थ नरहेको बताए ।

राष्ट्रिय युवामोर्चा रुपन्देहीले जनविरोधी तथा एक पक्षीय संविधानको विरोध गर्दै शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । उनले सिङ्गो आदिवासी जनजाति, मधेश अन्दोलित भएको अवस्थामा बन्धुक र सेना परिचालन गरेर जारी गरेको संविधान संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलाई मान्य नहुने भन्दै यसको विरोधमा अफूहरु लडिरहने बताए । उनले संविधानमा आदिवासी जनजाति, महिला, मधेसी, मुस्लीम, थारु, दलित लगायत उत्पीडित समुदायको उचित मागहरुलाई स्पष्ट रुपमा संविधानमा उल्लेख नगरेको भन्दै शोषित र दमनमा परेका समुदायलाई झन्, दवाउन खोजेको टिप्पणी गरे ।

विरकट्टा मगरले एकत्मक जनविरोधी तथा एक पक्षीय नाम विनाको संघीय संविधान जारी गरेको संविधानले मुलुकमा संघीयतालाई ध्वस्त पर्ने शिर्ष तिन दलले चलखेल गरेको आरोप लगाए । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा संघीय परिषद् सदस्य अशोक पुनले दलिय संकिर्णताबाट माथि उठेर उत्पीडित जातजाति समुदायहरुको अधिकारको लडाई लड्नु पर्ने बताउँदै सबै युवाहरु एकजुट भएर अगाडी बद्नु पर्नेमा जोड दिए ।

संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले सबै आम जनताहरुको भावनलाई कदर गरी उनीहरुको अधिकारलाई सम्बोधन गर्नुको कुनै विकल्प नरहेको बताए । उनीहरु आफ्नो पहिचान प्राप्तिको लडाई लडिरहेको भन्दै मगराँत, थारुहट, तम्मूवान,लिम्बूवान प्रदेश राज्यले सम्बोधन गर्नै पर्ने जोड दिए ।

त्यस्तै तराई मधेस लोकतन्त्रीक पार्टीका केन्द्रीय सदस्य प्रसन्त गुप्ताले राज्यले आफूहरुको मागलाई सुनुवाई नगरेको भन्दै मधेसी, उत्पीडित समुदायको मुक्ति र अधिकारको लागि आफ्नो पार्टी भुमिगत हुनपनि तयार रहेको बताए ।

कार्यक्रममा, संघीय समाजवादी फोरमका नविन सुनुवार, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय कोषध्यक्ष शंकर गाहा, श्रीधार मास्की, हरिओम विक, धनी आले, मधु राना, गिता सारु, आशिन गुरुङ्ग, दिपक गुरुङ्ग, सन्जय थापा, दिननाथ चौधरी, लोक पुन लगायतले अन्र्तक्रिया कार्यक्रममा बोलेका थिए ।

युवा मोर्चाका जिल्ला अध्यक्ष डि वि थापाको अध्यक्षता, सह–सचिव केशरी गाहाको संचालनमा उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %