कमल चौधरी
बुटवल,असोज ७ – नेपाल मगर संघ केन्द्रिय समितिका सस्थापक कोषाध्यक्ष,बरिष्ठ समाजसेबि तथा राजनितिज्ञ स्व.मनवीर (पून मगर) बाटिका उद्घाटन तथा शालिक अनावरण सम्पन्न भएको छ ।

मनबीर बाटिका निर्माण समिति बुटवल हिलपार्क परिषद्को आयोजना तथा भूपू सैनिक कल्याण क्लब, बुटवल, मनबीर स्मृति अक्षय कोष, रेडियो समाबेशी, मनवीर–माया गर्बुजा पुन मगर प्रतिष्ठान बुटवल– नेपालको सह–आयोजनमा एक कार्यक्रमका बिच विहिबार बुटवलको हिलपार्कमा मनवीर वाटिका उद्घाटन तथा शालिक अनावरण कार्यक्रम सम्पन्न गर्न सफल भएको हो ।
चौथो मनबीर स्मृति सभा समारोह तथा मनवीर बाटिका उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाज–सेवामा लाग्नुपर्नेमा जोड दिए । उनिहरुले सामाजसेवी स्व.मनवीर गर्वुजा पुन मगरले सामाजमा खेल्नु भएको भुमिकालाई कदर गर्दै आफूहरु पनि सामाजिक सेवामा सक्रिया भएर लाग्नुपर्ने बताए ।
मनबीर बाटिका निर्माण समितिका अध्यक्ष गम प्रसाद रेस्मीमगरको अध्यक्षता, उपाध्यक्ष नन्दी किसोर ढकालको स्वागत र रेडियो समावेशीका महासचिव गोवीन्द पुनको संचालनमा रहेको उक्त कार्यक्रममा हिलपार्क समितिका संस्थापक अध्यक्ष तथा संरक्षक भोज प्रसाद श्रेष्ठले हिलपार्कलाई नेपालकै एउटा नमुना पार्कको रुपमा परिचित गराउने लक्ष्य रहेको बताए ।
उनले हिलपार्क लाई एउटा पर्यटकीय गन्तव्यको रुपमा विकासगरी आर्थिक रुपमा समृद्धि बनाउदै लैजानेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगर पालिका प्रमुख विष्णु प्रसाद खालन, स्व. गर्वुजाकी धर्मपत्नी माया गर्वुजा, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष बसन्त घर्तीमगर, भूपू सैनिक कल्याण क्लब, बुटवलका अध्यक्ष पदम प्रसाद पुन, मनबीर स्मृति अक्षय कोषका कोषाध्यक्ष किसनबहादुर थापा, संघीय प्रकाशन प्रालीका अध्यक्ष ज्ञानबहादुर थापा, रेडियो समावेशीका अध्यक्ष प्रकाश राना, लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु बोलेका थिए ।
साथै आदिवासी जनजाति समुदायको पक्षमा कलम चलाउदै आईरहेका आदिवासी जनजाति महासंघ(फोनिज)का अध्यक्ष मिलन गाहा र समाजेवी ओमी पुनलाई उत्कृष्ट पत्रकारीता र उत्कृष्ट समाजसेवी पुरस्कार प्रदान गरिएको थियो ।
