कमल चौधरी
बुटवल, असोज ७ – राष्ट्रिय युवा मोर्चा, रुपन्देहीले जनविरोधी तथा एक पक्षीय संविधान जारी गरेको भन्दै बुटवलमा विहिबार पत्रकार सम्मेलन गरी गम्भिर ध्यानकर्षण गरेको छ ।

बुलेटको भरमा जारी गरिएको संविधान आफूहरुलाई स्वीकार्य नभएको भन्दै युवा मोर्चा रुपन्देहीले यहाँका मधेसी, मुस्लीम , तराईबासी थारु, आदिवासी जनजाति, अल्पसंख्यक, महिला, दलित, अपङ्ग समुदायको अधिकारलाई सुनिश्चित गरि संविधानमा समेत्नुपर्नेमा जोड दिए ।
अलोकतान्त्रिक, अराष्ट्रवादी, दादागिरी तथा एकाधिकारवादी कार्य प्रति राष्ट्रिय युवा मोर्चा रुपन्देहीले ध्यानाकर्षण गर्दै असोज ८ गते अन्र्तक्रिया कार्यक्रम असोज ९ गते विरोध स्वरुप मोटरसाईकल र्याली आयोजना गरेको युवामोर्चाका अध्यक्ष डि.वि थापाले जनकारी गरे ।

मोर्चाका अध्यक्ष डि.वि थापाको अध्यक्ष र मार्चाका सह–सचिव केशरी गाहाको संचालन रहेको पत्रकार सम्मेलनमा कोषध्यक्ष शंकर गाहाले अन्दोलनको विषयबस्तु माथि प्रकाश परेका थिए ।
