देब पचभैया
पाल्पा, असोज ५ -पाल्पा बौघागुम्बा गाविस ३ छेर्लुङकी ५० वर्षीया विद्याकुमारी दर्जीलाई आफ्नै घरभित्र हत्या गरी फरार भएका छिमेकीलाई प्रहरीले प्रकाउ गरेको छ । ५ सय मिटरको दुरीमा घर भएका ४२ बर्षिय चेतबहादुर बराललाई घटना भएको १० दिन पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

भाद्र २२ गते करिब ९ बजे दाउराले हिकाई पटुकाले घॉटी कसेर मारेपछि चुल्होको छेउमा सिरक ओढाएर आगो लगाई अभियुक्त बराल भागेका थिए । बरालको मोबाइलको लोकेशन र घटना पछि राती कुरा भएको व्यक्तिको सहयोगमा निजलाई भारतीय सिमा क्षेत्र कैलालीबाट प्रकाउ गरेको प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले बताए ।
डेढ वर्ष अगाडी श्रीमानको मृत्यु भएपछि दर्जी एक्लै बस्दै आएकी थिईन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अभियुक्त बराल लाई मंगलबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी नायब उपरिक्षक सुमन तिम्सिनाको नेतृत्वमा प्रहरी सहायक निरिक्षक प्रकाश सिम्खडा, अर्जुन कार्की, जिल्ला अस्पताल पाल्पाका डाक्टर झपेन्द्र ढकालको निरन्तरको प्रयासमा अभियुक्त बराल प्रकाउ परेको तिमिल्सिनाले जानकारी दिए । भारतको जालन्धरमा लामो समय देखी काम गर्दै आएका बराल केही समय देखी घरमा बस्दै आएका थिए । अभियुक्त बरालले घरमा छोरीलाई पानी लगाउन जान्छु भनि हिंडेका राति नै महिलाको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
भारतको जलान्धरबाट घर फर्किए पछि श्रीमतीसंग सम्बन्ध बिग्रीएपछि श्रीमती र छोरा माईतमा बस्दै आएको र छोरी बाबा बराल संग बस्दै आएकी थिईन । मेडिकल डाक्टर सहित ४ जनाको टिमले प्रमाणलाई पछ्याउदै अनुसन्धान गर्दा प्रहरीले सफलता हात पारेको हो । पाल्पा जिल्लाकै अनुसन्धानमा निकै खर्चिलो रकम र समय लागेपनि अपराधीलाई कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ । मृतक महिलाको २ वटा छोरीको विवाह भईसकेकोले एक्लै घरमा बस्दै आएकी थिईन ।
