तमुवान संयुक्त संघर्ष समितिद्वारा धरपकडको विरोध

Read Time:2 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, ४ असोज – तमुवान संयुक्त संघर्ष समितिले सोमबार आह्वान गरिएको तमुवान बन्दका क्रममा आन्दोलनमा जबर्जजस्ती धरपकड गरिएको भन्दै विरोध गरेको छ ।

संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै समितिका संयोजक एवं आन्दोलनका कमाण्डरसहित नेता तथा कार्यकर्तालाई विना सोधपुछ गिरफ्तार गरिएकोमा आपत्ति प्रकट गर्नुभएको छ । गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्तालाई सोमबार बेलुकी पाँच बजेसम्ममा रिहाइका लागि समितिलेअल्टिमेटम समेत दिएको छ । विज्ञप्तिमार्फत् शान्तिपूर्ण आन्दोलनका क्रममा गिरफ्तारमा परेका सबै नेता तथा कार्यकर्तालाई विनासर्त रिहाइ नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै सचिव सुब्बाले मागको सुनुवाइ नभए तमुवानमा समानान्तर सरकार बनाउने चेतावनी समेत दिनुभएको छ ।

‘हाम्रो शान्तिपूर्ण आन्दोलनका क्रममा उपस्थित भएका हाम्रा नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनका क्रममा कुटपिट तथा लछारपछार गरी कार्यकर्ताहरूलाई अमानवीय व्यवहारसहित गरेको धरपकडप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो विनम्र मागलाई बेवास्ता गरिएमा अनिश्चितकालिन तमुवान बन्दसहित तमुवान प्रदेशमा समानान्तर सरकारसम्म निर्माण गर्न बाध्य हुनेछौं, जसको जिम्मेवारी यो नौटंकी श्री ३ सरकारका मतियार भरौटेहरूले लिनुपर्नेछ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %