मगरात बन्दले जनजिवन प्रभाबित

Read Time:3 Minute, 32 Second

नेपाल लगायत बिदेशमा रहेका नेपालीहरूले जनबिरोधी सम्बिधानको बिपक्षमा कोर्णसभा गर्दै ,

देब पचभैया 

पाल्पा, असोज ३ – मगराँत भूभागलाई टुक्राटुक्रा पारेर ल्याएको संविधान नमान्ने घोषणा गरेको मगराँत संघर्ष समितिले आयोजना गरेको दुई दिने मगरात बन्दले १८ जिल्लाको जनजिवन प्रभाबित बनाएको छ ।

  आज बिहानै देखि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाची, बाग्लुंग, तनहु लगाएतका क्षेत्रमा गाडी चलेका छैनन् भने बजार पसल तथा कलकारखाना पनि बन्द रहेका छन् ।

पाल्पा बाट चल्ने कुनै पनि गाडी चलेका छैनन् भने बाहिर बाट पाल्पा भित्रिने गाडी पनि नचलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनका बजार , पसल ,शिक्षण सस्थाहरु बन्द छन् ।

तीन दलका शीर्ष नेताहरुले मगराँत क्षेत्रलाई विभाजन गरी प्रेदशको सिमाङ्कन गरेको भन्दै मगरात संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेअनुसार आईतबार र सोमबार मगराँत क्षेत्र बन्दको आब्हान गरेको संघर्ष समितिका गमबहादुर थापामगरले जानकारी दिए ।

आफ्नो माग पूरा नभएसम्म संविधानसभाबाट पारित भएको संविधान नमान्ने, पहिचान बिरोधी मन्त्री, नेता र सभासद्लाई सामाजिक बहिस्कार गर्ने र असोज १४ गतेसम्म संगठनात्मक तथा प्रचारात्मक कार्य अघि बढाउने, मगर संघको नेतृत्वमा गाउँगाउँमा युवा दस्ता गठन गर्ने लगाएतका कार्यक्रम रहेको नेपाल मगर संघका केन्द्रिय सदस्य मोहन थापाले जानकारी दिए ।

  भित्तेलेखन गर्ने, पत्रकार सम्मेलन गर्ने, असोज १५ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहामगरले बताए ।
संघर्ष समितिले दलहरुले प्रदेश विभाजन गर्दा मगर समुदाय बाहुल्य क्षेत्रलाई प्रदेश नं. ४, ५ र ६ मा विभाजन गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । संघर्ष समितिले मगरात जातीय राज्य नभई ऐतिहासिकतासहितिको पहिचान भएकाले सबै समुदायलाई पहिचानको आन्दोलनमा समर्थन गर्न आग्रह गरेको छ । आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित तथा महिलाको अधिकार कुन्ठित गर्ने गरी ल्याएको संविधान बिरोध गरिएको मगरात संघर्ष समितिले जनाएको छ ।
मगर बाहुल्य क्षेत्रलाई बिभाजित गरी ल्याईएको संबिधानको स्वागत र खुशियालीमाहुने कुनै पनि कार्यक्रममा सहभागी नहुन संघर्ष समितिले सबै मगरात बसीलाई आब्हान समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %