कोलीय बचत तथा ऋण सहकारी संस्था देवदहको १० औ स्थापना दिवस सम्पन्न

Read Time:3 Minute, 29 Second
गोविन्द घर्ती      
रुपन्देही , असोज ३ – कोलीय बचत तथा ऋण सहकारी संस्था देवदहको १० औ स्थापना दिवस एक कार्यक्रमका मनाईएको छ ।
 
  सो अवसरमा बोल्दै सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीहरु पारदर्शी रुपमा सञ्चालन हुनु पर्ने बताए । प्रमुख घिमिरेले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्दै अगाडि बढ्न सके मात्र सहकारीले फड्मो मार्न सक्ने बताए । सहकारीका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै सहकारीहरु अगाडी बढनु पर्नेमा उहाले जोड दिए ।

   सहकारी संस्थाका अध्यक्ष शुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक सदस्य प्रकाश अर्याल, कानुनी सल्लाहकार डण्डपाणी भट्टराई, सहकारीका सल्लाहकार जयकिशन अधिकारी, ईश्वरी ढुङ्गाना, रमा न्यौपाने, नेपाली कांग्रेसका दुर्गाबहादुर राना, नेकपा एमालेका खैराज शर्मा, एनेकपा माओवादीका कृष्ण ढकाल, नेकपा माओवादीका ऋषिराम लामिछाने, राप्रपाका ताराप्रसाद लुईटेल, पत्रकार खेमराज आत्रय, साना किसान कृषि सहकारी देवदहका सरला सुवेदी, पल्लवी बचत तथा ऋण सहकारीका विनोद शर्मा, केरवानी उच्च माविका दुर्गादत्त शर्मा, महामाया भवानी उच्च माविका दिनानाथ अर्याल, नेपाल रेडक्रस सोसाईटीका गोपालप्रसाद ढकाल, अपाङ्ग समाज सेवा केन्द्रका धर्मप्रसाद सापकोटा, देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठडराई, देवदह–१, ६ नं बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश खाती लगाएतले बोलेका थिए।
 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखा र अपाङ्ग समाज सेवा केन्द्र देवदहलाई १०/१० वटा कुर्ची प्रदान गरिएको थियो । त्यस्तै केरवानी उच्च मावि, महामाया भवानी उच्च मावि, भविष्य निर्माण उच्च मावि, देवदह उच्च मावि, देवदह बजार व्यवस्थापन समिति, देवदह–१, ६ नं बजार व्यवस्थापन समितिलाई २/२ वटा डस्टविन प्रदान गरिएको थियो ।
 
सहकारीका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत, सचिव खेमानन्द ज्ञवालीको सञ्चालन र कोषाध्यक्ष हरिप्रसाद पाण्डेको धन्यवाद ज्ञापनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष शुवकान्त न्योपानेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %