मनोज घर्तीमगर
गायक तथा सिनेम्याटोग्राफर सन्तोष कोन्मेले फेन्सी व्यवसाय शुरु गरेका छन्

। उनले ५० लाख रुपैयाँ लगानीमा ‘लुगा’ नामको फेन्सी पसल खोलेका हुन् । बुद्ध विशाल बजारस्थित सटर नम्बर ‘बि–१२’ मा रहेको उनको फेन्सी पसलमा पुरुषहरुका कपडाहरु उपलब्ध हुने कोन्मेले बताए । फेन्सी पसल संचालनमा उनले विष्णु अधिकारीको साथ लिएका छन् । ‘रंगकर्म गरिरहँदा आम्दानीको अन्य स्रोत पनि बनाउनुपर्छ भन्ने लाग्यो’ सन्तोष कोन्मेले भने–‘शुरुवातमै रंग क्षेत्रसँग सम्बन्धि साथीभाईहरुले व्यापारमा राम्रो साथ दिनुभएकोले हौसिएको छु ।’

गायन, फिल्म र भिडियो क्षेत्रमा लागेका उनले फेन्सी व्यवसाय धेरै हदसम्म यीनै क्षेत्रलाई लक्षित भएकाले यो व्यवसाय रोजेको उनले प्रस्ट्याए । पोखराका युवापुस्ता यसै पनि फेशनेबल भएकोले फेन्सी व्यवसाय रामै्र चल्ने उनले अनुमान लगाएका छन् ।
गायक तथा सिनेम्याटोग्राफर कोन्मेले बजारको माग अनुसारकै फेशन ट्रेन्डका कपडाहरु आफ्नो पसलमा रहेको सुनाए । चीन, थाईल्याण्ड, हङकङ, भारत लगाएतका देशबाट ल्याइएका पाईन्ट, सर्ट, टिसर्ट, जुत्ता, ब्याग लगाएतका गुणस्तरिय फेशनेबल सामाग्रीहरु ‘लुगा मेन्स वेयर’मा पाईने उनले बताए ।
