किरात राज्यको माग गर्दे धरानमा जनसभा (फोटो सहित)

Read Time:3 Minute, 55 Second

भैरब आङ्ला

धरान , असोज २  – पुर्व मन्त्रि तथा नेकपा माओवादीका सचिव देब गुरुङले सवैलाई समेटने नयाँ संविधान वन्न नसकेकोले यसको विरोध भएको बताए ।

सुनसरीको धरानमा शनिवार भएको  बृहत किरात स्वायत्त राज्य जनसभालाई सम्वोधन गर्दै उनले भने समुदायमा पछि पारिएका उत्पीडित समुदायको अधिकार सुनिश्चित नभएकोले यो संविधानले  झुपडीमा खुशी ल्याउन सकेन । अग्रधिकारको अ र विषेश अधिकारको ब समेत उच्चारण नभएको सम्विधानले पहिचान पक्षधरलाई थोरै पनि सम्वोधन नगरेको उनको भनाई छ ।

पुर्वमा आफनो पहिचान खोज्दै आनदोलन गरीरहेको लिम्वू र राईको माग शान्ति मन्त्रालयमा थन्काएर पेलेर तीन दलले संविधान जारी गरेको छ त्यसैले यो संविधानले पहिचानवादीहरुलाई थोरै पनि नसमेटेको वताए । राई जातिको छाता संगठन किरात राई यायोक्खा केन्द्रिय समितिले आयोजना गरेको सो सभामा किरायाका केन्द्रिय उपाध्यक्ष दुर्गा राईले पुर्वमा लिम्वूहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ संग गरेको पाँचवुदे सहमतिलाई टेकेर ईतिहास, भुगोल र पहिचान माग्दै पहिचानको आन्दोलनमा अघि वढन कम्मर कसेको बताए ।

यसैगरी किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाङ्देनले किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको सहकार्यमा अव पहिचान प्राप्तीको आन्दोलनले उदेश्य चुम्ने बताए । यो संयुक्त आन्दोलनले किरात र लिम्वूवान राज्य प्राप्तीको आन्दोलन अव नयाँ उचाईमा पुग्ने बताउदै अध्यक्ष थाङ्देनले भने किराया र कियाचुको पाँचवुदे सहमतिलाई टेकेर सुपरग्लुले टासेको जस्तो सम्वन्ध वनाई राख्न जरुरी छ । किराया र कियाचु विचको सम्वन्धमा चलखेल गर्ने  सुलसुलेहरु संग जोगिनुपर्ने बताउदै अध्यक्ष थाङ्देनले यो संविधान तीन दलले सम्झौता गरेको र देशलाई ठेक्कामा चलाउनका लागि सम्झौता गरेको वताए ।

सभालाई सम्वोधन गर्दे अजम्वर काम्वाङ राईले संघियतालाई दमन गर्न  जातियताको अस्त्र तीन दलले प्रयोग गरेर संविधानमा एकलौटी निर्णय गरेको संविधान राई र लिम्वूलाई अनि पहिचानवादीलाई मान्य नहुँने वताए । उनले भने राज्यले आन्दोलन दमन गर्दा पनि विभेद गरेको छ । किनकी हिन्दुवादीको आन्दोलनलाई छेक्न पानीको फोहोरा प्रयोग गर्छ तर पहिचानवादीलाई टाउकोमा ताकेर गोली ठोक्छ यो पनि हो तरिका भन्दै उनले भने पहिचानवादीलाई सम्वोधन भएन भने अव आन्दोलनको आधीवेहरी सृर्जना हुनेछ ।

किरात राई यायोक्खा केन्द्रिय समितिले आयोजना गरेको सो सभामा पुर्वका विभिन्न जिल्लाका हजारौको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %