मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा ४ वर्षे बालकसहित चार जनाको मृत्यु

Read Time:1 Minute, 37 Second

देब पचभैया 
रुपन्देही, २९ भदौ – रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु भएको छ ।

४ वर्षे बालक चन्दन कुमार पटेल

  गाडीहरू स्कर्टिङ गरेर लुम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थानीय प्रशासनले ८ बजेदेखि कर्फ्यू लगाएका छन् ।
झडपमा प्रहरीले चलाएको गोली लागेर गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ । लुम्बिनी अञ्चलका प्रहरी प्रमुख गणेश केसीका अनुसार गोली लागेर स्थानीय ४ वर्षे बालक चन्दन कुमार पटेलको पनि मृत्यु भएको छ ।
स्थानीयबासीले प्रहरीले बेथरीको पुलमाथिबाट गोली प्रहार गरेको र बजार भर्न आएकाको मृत्यु भएको बताएका छन् । रञ्जना भने घरमै बसिरहेको स्थानीयको दाबी छ ।
प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीहरूलार्इ आन्दोलनकारीले भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा रोकेर राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %