माटेपानीका मगरले चेलीबेटीलाई तिज खुवाए

Read Time:1 Minute, 39 Second

पोखरा, २८ भदौ – नेपाल मगर संघ माटेपानी एकाइ समितिको आयोजनामा समाजका चेलीबेटीलाई दर खुवाएका छन ।

वर्षदिनको तीजको अवसरमा एक दिन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई भेट गराउने र उनीहरुको दुःख सुख एक आपसमा साटासाट गर्ने अवसर प्रदान गर्नको लागि विगत ६ वर्ष देखि समाजले महिला समाजमा आबद्ध भएका महिला दिदीबहिनीहरुलाई तीजको अवसरमा दर खुवाउँदै आएको एकाइ अध्यक्ष चन्द्रप्रकाश थापामगरको भनाइ छ ।

अहिले तीज मनाउने नाममा बढ्दै गएको विकृतितर्फ सचेत हुँदै तीजको महत्वलाई राम्रो सँग बुझेर चाडपर्व मान्नुपर्ने नेपाल मगर महिला संघ माटेपानी इकाइ समितिका अध्यक्ष देऊरुपा श्रीस मगरको भनाइ छ । यसैगरी, महिला उपाध्यक्ष दुर्गा रानामगरले अहिले सञ्चार माध्यमको सुविधाका कारण टाढा टाढाका दिदीबहिनीहरुलाई एकै ठाउँमा जमघट हुन सजिलो भएको  बताछन् ।

माटेपानी इकाइ समितिको आफ्नै भवनमा सम्पन्न भएको तीज कार्यक्रममा महिला दिदीबहिनीहरु छमछमी नाँचेर मनोरञ्जन लिएका थिए ।

हाल माटेपानी एकाइ समितिमा पोखरा उपमहानगरपालिकाका १०, ११,  १२, १३ नं वडा गरी १३६ घर आबद्ध रहेका छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %