पोखरा, २७ भदौ – नेपाल मगर संघ कास्कीले तीजको अवसरमा चेलीबेटी भेटघाट तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा नेपाल मगर महिला संघ कास्कीको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । समितिका अध्यक्ष दुर्गाबहादुर थापामगर र प्रमुख अतिथि पूर्णबहादुर राना मगरले उनीहरूलाई फूलमाला र खादाले सम्मान गरेका थिए ।
यसैबीच, विक्रम थापामगरको अध्यक्षतामा नेपाल मगर संघ नयाँबजार युवा संघ पनि गठन गरेको छ । यसैगरी, उपाध्यक्षमा सलिना रानामगर, सचिव सन्देश रानामगर, सह–सचिव विवेक थापामगर, कोषाध्यक्ष दुर्गा रानामगरलाई चयन गरेको छ । यसैगरी, सदस्यहरूमा अनिल थापामगर, जीवन थापामगर, रोशनी थापामगर, कृष्ण रानामगर, सम्झना पुनमगर, अनिता रानामगर, अविल थापामगर, सलिना थापामगर, ज्योति थापामगर, मनिका थापामगर, आर्यन थापामगर, मनु थापामगर, विक्रम थापामगर र दुर्गा रानामगर रहेकाछन् ।
उक्त एकाइ समितिमा १५० घरधुरी आबद्ध रहेका छन् ।
