मगर र दलितलाइ गाली गरेको गल्ती स्वीकार्दै भट्टराईले माफी मागे

Read Time:3 Minute, 33 Second

जनजातिका शेर्पालाइ साइवर क्राइमको मुद्धा लाग्ने र झेल,भट्टराईले माफी?

देब पचभैया

पाल्पा, भाद्र २८ – सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव खलबलिने खालको स्टाटस राखेका अर्गली ७ अर्तुङ्गा पाल्पाका प्रेमनारायण भट्टराइले माफी मागेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिम्सिनाको रोहबरमा बसेको मगर र दलित समुदायका अगुवा सहभागी रहेको छलफलमा भट्टराइले आफुले आवेगमा आएर गल्ति गरेको स्वीकार्दे एक पटकलाई माफी दिन आग्रह गरेका थिए ।

संयुक्त मगर मञ्चले मगरात बन्द गरेको विषयलाई लिएर भट्टराईले मगर समुदाय र दलित समुदायलाई गाली गर्नुका साथै होच्याउँने र अपमान हुने खालको स्टाटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

सामाजिक सद्भाव भड्काउने तवरले स्टाटस अपलोड गरिएको भन्दै कारवाहीको माग गर्दै नेपाल मगर संघ पाल्पा र दलित अधिकारका लागि साझा अभियान पाल्पाले छुट्टाछुट्टै निवेदन जिल्ला प्रहरी कार्यालयमा पेश गरेका थिए । आइतबार बेलुकी प्रहरी कार्यालयमा भएको छलफलमा भट्टराईले आफुले गल्ती गरेको स्वीकार्दै आगामी दिनमा यस्ता प्रकारका कुनै पनि शब्दहरु सामाजिक सञ्जालमा नराख्ने भन्दै लिखित रुपमै माफी मागेका छन् ।

छलफलमा सहभागी प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिनाले फेसबुकमा अपलोड गरिएको स्टाटस सामाजिक सद्भाव भड्काउने खालको रहेको भन्दै कानुनका हिसावले कारवाही पनि हुनसक्ने बताए । उनले साइवर क्राइमको मुद्धा लाग्ने समेत जानकारी दिए ।

छलफलमा सहभागीहरुले भट्टराइको अनुरोधमा माफी दिने सहमति गरेका हुन् । मुलुकमा विभिन्न प्रकारको आन्दोलन भइरहेका बेला आएको स्टाटस लेखेका व्यक्ति माथि पाल्पाली मगर र दलित समुदायले गरेको यो निर्णय सामाजिक सद्भावलाई कायम राख्न वलियो उदाहरण बनेको प्रहरी नायव उपरिक्षक तिम्सिनाको प्रतिक्रिया छ ।

आफुहरुको निर्णयलाई कमजोर नठान्न बरु सदियौ देखि पछाडी परेका समुदायबाट सभ्य समाज निर्माणको लागि सकारात्मक कदम चालेको ढंगबाट बुझ्न मगर संघ पाल्पाका अध्यक्ष वलवहादुर गाहाले सबैसंग अनुरोध गरे ।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका सचिव रतनकुमार विकले अव दलित समुदाय हिजोको जस्तै अवस्थामा नरहेको भन्दै आफुहरु माथि गरिएको अन्यायका विरुद्धमा प्रतिकार गर्न तयार रहेको चेतावनी दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %