आङकाजी शेर्पा बिरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता ।
राज्यसत्ता
आङकाजीका समर्थकहरू अदालत परिसरमा,
फोटो: कर्ण बुढा मगरको फेशबुकबाट
काठमाडौं, भदौ २५ -आदिबासी जनजाति महासंघका निबर्तमान महासचिब तथा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य आङकाजी शेर्पा बिरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दर्ता गरेको हो ।
कैलाली घटनालाई लिएर शेर्पाले फेसबुक पेजमा १३ बुँदे टिप्पणी गरेपछि दुइ साताअघि अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो । उनलाई म्याद थपेर हिरासतमा राखिदै आएको छ ।
शेर्पामाथी लगाइएको आरोप आइतबार देखि बहस हुने अधिवक्ता श्री बुढाथोकीले एभरेष्ट दैनिकलाई जानकारी दिए । अभियोग पत्र दर्ता हुनेक्रममा जिल्ला अदालत बाहिर शेर्पा समर्थकले केहिबेर नाराबाजी गरेको एभरेष्ट दैनिकले समचार छापेको छ ।
