सुनसरीमा निषेधाज्ञा जारी, राणा शासनको पुनरागमन ?

Read Time:2 Minute, 13 Second

५ जना भन्दा बढि हिड्न नपाइने,

भैरब आङ्ला

सुनसरी ,भाद्र २४ – सुनसरीमा पनि हिंसात्मक घटना हुन थालेपछि राजमार्ग लक्षित गरेर आज बेलुका नौ बजेदेखि बिहान सात बजे सम्मका लागि सुनसरी प्रशासनले निषेधाज्ञ जारी गरेको छ ।

पुर्व पश्चिम सडक खण्डको इटहरी स्थित बुढी पुलदेखि पश्चिम कोसी व्यारेज सम्म र दक्षिण दुहवी बुढीखोलादेखि इटहरी चौक सम्म सडकको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञ जरी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकरी दिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थारुवान संघर्ष समितिको आन्दोलनका कारण स्थिती असामान्य बनको भन्दै आज बसेको सुरक्षा समितिको बैठकले निषेज्ञाज्ञ जारी गरेको हो । निषेधाज्ञ जारी भएको क्षेत्रमा ५ जना भन्दा बढि समूहमा हिड्न पाइने छैन । यस्तै सो क्षेत्रमा नारा जुलस धर्ना गर्न पाइने छैन । निषेधाज्ञ जारी भए पनि एक दुइ जना एक स्थानबाट अर्को स्थानमा जान भने रोक नलगाइएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।

सुनसरीको इनरुवामा दिउसो आन्दोलकारी र प्रहरी विच झडप भयो । जिल्ला मालोपत कार्यालय सुनसरी अगाडी संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका बन्दकर्ता र इनरुवा ३ का केही स्थानिय युवाहरु बिच बन्द गराउने क्रममा भएको भनाभनपछी झडप हुन सक्ने सृजना भएपछी भिड नियन्त्रणका लागि प्रहरीले ४ राउण्ड अश्रुग्यार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %