भैरब आङला
धरान,भाद्र २२ – आदिवासी जनजाति अभियन्ता, जनजाति नेता आङकाजी सेर्पालाई राज्यले साईबर क्राईमको कसुर लगाएर केही दिन अघि पक्राउ गर्यो ।

पक्राउ पछि मुलुक त्यसै त संघिय नेपालको सिमांकनको गतिलो आन्दोलनको दलदलमा फसेको बेला फेरी आङकाजी सेर्पाको निःसर्त रिहाईको माग गर्दे आदिवासी जनजाति तथा पहिचानवादीहरु आन्दोलित भएका छन् । आङकाजीको गिरफतारीलाई सिमांकनको आन्दोलनमा होमिएका पहिचानवादीहरुले सुरुमा त सामान्य ठाने । तर विभिन्न अभियोगको नाममा राज्यले दैनिक निर्णय गर्दे अपराधीलाई जस्तो विभिन्न संचारमाध्यममा निर्णयहरु सार्वजानिक गर्न थालेपछि भने आदिवासीहरु आङकाजीको रिहाईको माग गर्दे सडकमै निस्कीन वाध्य भए ।
(आङकाजी सेर्पाका फुपू ८१ वर्षिय लक्ष्मीकुमारी सेर्पा पनि आङकाजीको रिहाईको माग गर्दे नारा लगाउदै)

राजधानीमा सोमवार आदिवासी जनजातिहरुले आङकाजी सेर्पाको निःसर्त रिहाईको माग गर्दे सडकमा निस्कीए । त्यसको लगत्तै देशभर आङकाजीको पक्षमा आन्दोलन नै सुरु भयो । यहीक्रममा मंगलवार आङकाजी सेर्पाको निःसर्त रिहाईको माग गर्दे सुनसरीको धरानमा विभिन्न जनजातिय संघ संस्थाका पदाधिकारी र सर्वसाधरणले सरकार म पनि ‘आङकाजी सेर्पा हु ‘ मलाई पनि गिरफ्तार गर, एकात्मक सरकार हामी सवै आङकाजी सेर्पा हौ हामीलाई पनि गिरफतार गर लेखिएका प्लेकार्ड छातिमा भिरेर धरानको भानुचोकमा प्रर्दशन भयो ।

आङकाजीलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने पनि प्रर्दशनकारीहरुले सरकारलाई खवरदारी गरे । आङकाजी सेर्पाको वारेमा नानाभाति गरेर सामाजिक सन्जालहरुमा विभिन्न सामाग्री राख्दा सरकारलाई कुनै चासो भएन तर कैलाली घटनावारे आफनो धारणा राखेकै भरमा साईवर क्राईमको मुद्दा आङकाजीलाई लगाउनु एकात्मक सरकारको एकात्मक सोच भएको र अव मुलुकका आदिवासीहरु चुप लागेर नवस्ने कोण सभालाई सम्वोधन गर्ने आदिवासी तथा विभिन्न दलका नेताहरुले बताए ।
नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव जनजाति अभियान्त आङकाजी सेर्पाको निःसर्त रिहाईको माग गर्दे सुनसरीमा प्रर्दशन भएको छ ।

यो प्रर्दशनको क्रममा आङकाजी सेर्पाका फुपू ८१ वर्षिय लक्ष्मीकुमारी सेर्पा पनि आङकाजीको रिहाईको माग गर्दे नारा लगाउदै थिईन । पाको उमेरका उनी यसरी किन आन्दोलनमा सहभागि भईन भन्ने सवैमा चासो थियो । उनले भन्दै थिईन हिजो आदिवासी जनजातिको पक्षमा आफनो ज्यानको वाजी थाप्ने आफनो भदा यसरी एकात्मक सरकारले विनाकसुर पक्राउ गरेको विरोधमा सडकमा आएकी हुन् ।
यो कार्यक्रमको आयोजना लिम्वूवान संयुक्त संघर्ष समिति र नेपाल सेर्पा संघले गरेका हुन । आङकाजी आदिवासी जनजातिको सवालमा जे कुरा वोल्थे खोसिएका उनीहरुको अधिकारको पक्षमा वोल्थे । तर आङकाजीको वारेमा जीउँदो मान्छेलाई हार्दिक श्रद्धान्जली भनेर मरेको फोटो वनाए, आङकाजीको वारेमा नानाभाति लेखिएको र तस्वीरहरु सामाजिक सन्जालहरुमा सार्वजानिक हुदा त्यसो गर्नेहरु साईवर क्राईममा परेनन् तर आङकाजी परे यो कस्तो सरकार हो ? कोणसभालाई सम्वोधन गर्नेहरुले भने ।

आज पहिँचान र आदिवासीकोवारेमा कुरा गर्दा अपराध हुन्छ भने एकात्मक राज्य सत्ता लादन खोज्दा यो चाही अपराध होईन ? यस्तै आवाज उठन थालेको छ । अहिले आङकाजीको वारेमा चौतर्फी दवाव वढदै गईरहेको छ । देश विदेशवाट दवाव वढीरहेको छ । आङकाजीको रिहाईको माग गर्दे आन्दोलन गर्नेहरुले सरकारलाई प्रश्न गर्न थालेका छन् आफनो अधिकार र पहिचानको कुरा गर्दे आन्दोलन गर्नेलाई गोलि हानेर मार्ने वर्तमान सरकार अपराधि की अधिकार माग्ने ???
