देब पचभैया
काठमाडौं, भाद्र २१ – आङ काजी शेर्पालाई रिहा गर्न भोली मंगलवार १ घण्टा चक्का जाम गर्ने भएको छ ।

पुर्व राजदुत डाक्टर गणेश योञ्जनको संयोजकत्वमा बौद्धका स्थानिय बासीले आङ काजी शेर्पालाई ससम्पान रिहा गर्न माग गर्दै दवाव दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म पासाङ ल्हमु चोक चुच्चेपाटी देखि जोरपाटी चोकसम्म एक घण्टा चक्काजाम गर्ने भएको छ ।
चक्का जाममा सहभागी हुन सम्पुर्ण शेर्पा समुदाय लगायत बौद्ध बासीलाई भोली ३ बजे चुच्चेपाटी आइपुग्न अनुरोध गरिएको शेर्पा संघका पुर्व महासचिव निमा तुण्डुप शेर्पाले जानकारी दिएका छन ।
आङ काजी शेर्पा शेर्पा समुदायको मात्र नभएर सम्पुर्ण जनजातीको अधिकारलाई सुनिश्चत गर्न लागि परेको एक योद्धा भएकाले अहिले राज्य सत्तामा बसेकाहरुले अपहरण शैलीमा उहालाई थुनामा राखेकोले सम्पूर्ण संघियता र पहिँचानबादीहरूलाइ उपस्थितको लागी शेर्पाले अनुरोध गरेका छन ।
