नेपालको राजनीतिक खिचातानिले घरेलुकामदारलाई इजरायलमा झमेला

Read Time:4 Minute, 26 Second

मायाँ घले मगर/इजरायल

हाम्रो काम कियरटेकर हो । कियर टेकर पेसालाई नेपाली ठेट भाषामा घरेलु कामदार पनि भन्ने गरिन्छ । तर वास्तविक घरेलु कामदारको काम हो अशक्त,बृद्ध/बृदाहरुलाई सेवा पुर्‍याउनु ।

 

यसको अलवा यो क्षेत्रमा नर्स,कुक र हाउस किपिंग लगायत अन्य काम पनि गर्नुपर्ने हुन्छ । इजरायलमा कामको लागी आउने जो कोहि ब्यक्तिले इजरायलको हिब्रु भाषा अनिबार्य बोल्नुपर्ने हुन्छ । खुशिको कुरा अरु भाषाहरू जस्तै:जापानिज,कोरियन,चाइनिजहरू भन्दा बोल्नको लागि यो हिब्रु भाषा धेरै सजिलो पनि छ । हिब्रु भाषा बोल्न सक्नेलाइ आम्दानीको पनि राम्रो स्रोत मानिन्छ इजरायलमा । पहिला पहिला इजरायल आउनको लागि नेपालीहरूलाइ कुनै निश्चित योग्यता चाहिँने थिएन । साधारण लेखपढ गर्ने भए हुने थियो । तर, हालमा आएर अलिक धेरै पढेको देखि लिएर नर्स,डिग्री गरेका कामदारहरूले बढि प्राथमिक्ता पाएता पनि गर्ने भनेको काम उही एउटै पेसा कीअर एण्ड टेक्यर नै हो । प्राय जसो नेपालीले यहि काम गरीरहेका छन् ।

घर धनीका साथमा घले मगर

इजरायलमा खास गरेर वृद/बृदा अशक्त,काम गर्न नसक्ने अवस्था भएपछि इजरायली सरकार र स्वास्थ्य बिमाले घरेलु कामदार राख्न पाउने लाईसेन्स दिएपछि बिदेशी कामदारले काम गर्नु पाउने अधिकार हुन्छ । नेपालमा भने जब बुवा/आमा वृद्ध/वृद्धा हुन्छ अनि परिवारबाट अपहेलित हुदै जान्छन । तर,इजरायलमा भने त्यसको ठिक बिपरित छ । इजरायलीहरूले वृद्ध/वृद्धा बुवा/आमा लाई परिवारबाट माया,ममता,धेरै गर्दै जान्छन । हाम्रो नेपालमा हजारौ बुवा/आमा हरू परिवारबाट अपहेलित भएर बृदाआश्रममा परिवार बिहिन जस्तै जिबन बिताई रहेको हामीले धेरै देखेका छौ ।

इजरायलको यो पाठ हाम्रो नेपाली समाजले सिक्नै पर्ने देखिन्छ । तर, नेपालमा जस्तो संयुक्त परिवार एकै घरमा बस्ने चलन भने इजरायलमा हुदैन । बास्तबमा इजरायलको काम फिजिकल भन्दा मानसिक बढी हुने हुँदा मानसिक  तनाव उत्पन्न हुने कारणले गर्दा वृद/बृदाहरुको दिमाग प्राय जसोको विचलित भएको हुन्छ अर्थात मानसिक रोगि हुन्छन जस्लाई डिमेन्सीया (अल्जाइमर आदिको कारणले हुने )पनि भन्दछन । त्यसैले  इजरायलमा रहेको नेपाली कामदारहरू दुई पट्टिको तनाव  लिएर काम गर्नु पर्ने हुन्छ  । हालै नेपालको पहिलो समस्या हो भूकम्प,दोस्रो समस्या भनेको राजतीतिक हिंसा हो ।

 यी दुबै मानसिक तनावका कारण केही नेपाली महिला कामदारहरू इजरायलको जेलमा सजाय पनि भोगिरहेका छन् ,यसरी मानसिक तनावका कारण आफुले कीअर गर्ने वृद्ध/वृद्धा माथि कुट्ने प्रयासका कारण यस्तो समस्याहरु पनि भइरहेको छ । जबसम्म नेपालमा हत्या,हिंसा,लुटपाट,बलात्कार,चेलीबेटी बेचबिखन जस्ता भयंकर समस्याको समाधान हुदैन तबसम्म बिदेशमा भएका नेपालीहरुले यस्ता मानसिक तनावका कारण समस्याले अझ भयाभह रुप लिने देखिन्छ ।   

(लेखक:९ बर्ष देखि इजरायलको घरेलु कामदारको रूपमा कार्यरत,राज्यसत्ता डटकमका इजरायल प्रतिनिधि साथै नेपाल मगर संघ इजरायलको निबर्तमान महासचिब हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %