शेर्पालाई थुनामा राखेकोमा रिहाइको माग

Read Time:1 Minute, 48 Second

राज्यसत्ता,

काठमाडौँ , भदौ १७ – जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई जिल्ला अदालत काठमाडौंले चार दिनका लागि थुनामा राख्न अनुमति दिएको छ ।

टीकापुर घटनाका सन्र्दभमा उनले भाद्र १५ गते थारू लगायत अन्य जनजातिलाइ सचेत र चेतनामूलक बक्तब्य दिएका थिए । सोहि बक्तब्य सरकारलाइ अपच भएकै कारण शेर्पालाइ १६ गते बौद्धको शेर्पा गुम्बा बाट निश्कदै गर्दा सादा पोसाकमा आएका प्रहरीले पक्राउ गरि टेकुको महानगरीय प्रहरी परिसरमा पुर्याएको थियो ।

आज बिहानै देखि नेपाल आदिबासी जनजाति महासंघ , आदिबासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल , नेपाल शेर्पा संघ,नेपाल मगर संघ लगायतका संघ सस्थाका हजारौ कार्यक्रता र शुभचिन्तकहरू टेकुको महानगरीय प्रहरी परिसरमा पुगी बिनशर्त शेर्पाको रिहाइको माग गरेका थिए ।

तर, एकात्मकबादी सरकारले भने शेर्पालाइ सामाजिक संजालमा जातिय तथा साम्प्रदायिक सद्भाव भड्किने किसिमका अभिव्यक्ति दिएको भन्दै आरोप लगाएको छ । 

बुधबार बौद्धबाट पक्राउ परेका शेर्पालाई प्रहरीले बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %