राज्यसत्ता,
काठमाडौं, भदौ १६ – संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा चर्चित जनजाति अभियन्ता आङकाजी शेर्पालाई प्रहरीले भर्खरै (बुधबार २:३० बजेतिर) पक्राउ गरेको छ ।

बौद्धको शेर्पा गुम्बामा शेर्पा स्वायत्त प्रदेश बन्द सफल पार्नेबारेको बैठक सकेर निस्कँदै गर्दा सादा पोशाकमा आएका प्रहरीले शेर्पालाई गिरफ्तार गरेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए ।
प्रहरीले निजी भ्यानमा हालेर शेर्पालाई अज्ञात स्थलतर्फ लगेको बताइएको छ । अहिले शेर्पालाई कहाँ कसरी राखिएको छ भन्नेबारे कुनै जानकारी दिइएको छैन । उनको मोबाइलसमेत स्वीच अफ् भएको छ ।
शेर्पालाई पक्राउ गर्नुको कुनै कारण खुलाइएको छैन । डण्डुले प्रहरीसँग बुझ्दा माथिल्लो तहको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिएको बताएका छन् ।
भदौ १५ थरुहट संघर्षको एक कार्क्रममा आङ्काजिले भने “२१ औ शताब्दिका आदिवासिलाई प्रिथिवी नारायणको पालाको जस्तो नठान,हक अधिकार दिनुको साटो अझै दमन र अत्याचार लादिए मलेरिया संग हजारौ बर्ष जुधेर युद्द जितेका थारुहरुले जाबो सिंह दरबारका दुई चार लाम्खुट्टेलाई खुट्टाले किचरै समाप्त पारीदिने छन” भन्ने अभिब्याक्ति दिएकै भरमा शेर्पालाइ ग्रिफ्तार गरिएको आम मानिसको बुझाइ रहेको छ ।
भदौ १५ गते शेर्पाले थारूहरूको बारेमा यो महत्वपूर्ण मन्तब्य दिएका थिए,लिङ्क तल थिच्नुहोस ।
Ang Kaji Sherpa Kisan 8888 shared Nepali Hot News‘s
