राम अस्लामी मगर
क्वालालम्पुर , २०७२ भदौ १५ – नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष डन्डु शेर्पा को बिशेष उपस्थिती मा महासंघ ले दोस्रो अधिबेशन समपन्न गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको दोश्रो अधिवेशनमा वोल्दै उपाध्यक्ष शेर्पाले जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर भनेर राज्यसँग माग गरेको वताए । उनले भने हामीले पदको लागि आन्दोलन गरेका होइनौं । विदेशमा रहेका सवै नेपालीहरुले आफनो ठाउँवाट आफना सभासद र नेताहरुलाई आन्दोलनमा जानको लागि दवाव दिन समेत उनले अनुरोध गरे ।
कैलाली घटनाको जिम्मेवार मुख्य चारदल भएको वताउदै वेलैमा सचेत नभए यस्ता घटनाहरु फेरि पनि दोहोरिन सक्ने समेत उनले औंल्याए ।
अधिवेशनमा वोल्दै मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्नजनमान सिंह बस्नेतले आफनो संस्कृति भाषा सभ्यताको संरक्षण गर्न प्रत्येक आदिबासी जनजाति संस्थाहरूको कर्तब्य रहेको वताए । मलेसियामा करिव ९ लाख नेपालीहरु रहेको उल्लेख गर्दै अझै पनि एक लाख भन्दा वढि नेपालीले दुःख पाएको र सवै मिलेर त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष दीपक तामाङको सभापतित्वमा भएको अधिवेशनमा प्रगतिशील प्रवासी श्रमिक मन्चका अध्यक्ष प्रेम पाण्डे, गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आलेमगर, समाजसेवी विश्व राई, ब्यापारी समाजका दिल केरुङ, किरात राई यायोख्याका अध्यक्ष इन्द्र नारथुङे, प्रवासी तामाङ एकता समाजका अध्यक्ष श्याम घिसिङले जनजाति आन्दोलनको चर्चा गरे ।
यस्तै, धिमाल जाति विकाश केन्द्र मलेसियाका इन्चार्ज मातृका धिमाल, सुनुवार सेवा समाजका अध्यक्ष देवराज सुनुवार, प्रवासी मगर संघ मलेसियाका अध्यक्ष एनवी पुनमगर, आदिवासी जनजाती महासंघ क्षेत्रीय कमिटी जोहरका अध्यक्ष भीम तामाङ, पत्रकार रामचन्द्र गिरी लगायतकाले धारणा राखेका थिए ।
अधिवेशनमा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुरयाएवापत संघसंस्था तर्फ तमु समाज मलेसिया, खेलकुदतर्फ नोर्वु तामाङ र चोकवहादुर गुरुङ, कलाकार तर्फ राजेश लामिछानेमगर, साहित्यतर्फ तुल्सि राई लिम्वुलाई सम्मान गरिएको थियो ।
आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा दीपक तामाङ निर्वाचित अधिवेशनले दीपक तामाङको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन गरेको छ ।
उपाध्यक्षमा अमृत थाङदेन, शंकरकुमार सुनुवार, यमुना राना, केश गुरुङ, महासचिवमा जीवन देवान गाउँले, सचिव दीपक सुनाखरी मगर, कोषाध्यक्ष राजेश लामिछाने मगर, सहकोषाध्यक्ष चतुरमान राई रहेका छन् ।
त्यसैगरी सदस्यमा दलु खापुङ किराती, भीम तामाङ, दिल मश्राङग्रीमगर, लोक थापा, मिलन चाङ, चक्र लामा, धनराज राई, लक्ष्मण राई, परिमान राई, दिनेश तामाङ, गोपबहादुर राना, खड्ग गुरुङ, मोतिलाल मोक्तान, पूजा तमू र मनोज छन् । अधिवेशनमा विभिन्न आआफनो जातिय पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
अधिवेशनमा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुरयाएवापत संघसंस्था तर्फ तमु समाज मलेसिया, खेलकुदतर्फ नोर्वु तामाङ र चोकवहादुर गुरुङ, कलाकार तर्फ राजेश लामिछानेमगर, साहित्यतर्फ तुल्सि राई लिम्वुलाई सम्मान गरिएको थियो ।
राम अस्लामी मगरको स्वागत मन्तब्यवाट शुरु भएको अधिवेशनको संचालन यमुना राना र जीवन देवान गाउँलेले गरेका थिए ।