मगरात राज्य माग्दै सोमबार बन्दको आब्हान

Read Time:3 Minute, 44 Second

देब पचभैया

पाल्पा, भाद्र १३

संघिय संरचनामा पहिचान सहितको अधिकार सम्पन्न मगरात स्वायत प्रदेशको माग गर्दे सोमबार मगरात क्षेत्र बन्दको आब्हान गरेको संघर्ष समितिले तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी बन्द सफल पार्न सबैसंग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा मगरात संघर्ष समिति पाल्पाका संयोजक बल बहादुर गाहाले मगरात भुमिको सामाजिक संरचना बिक्षत पार्दे मगर बाहुल्य क्षेत्रलाई ३ प्रदेशमा बिभाजन गरिएकोमा आपत्ती जनाएका छन । अन्तरिम संबिधानमा उल्लेखित पछि पारिएका समुदायका अधिकारहरु नया बन्ने संबिधानको मस्यौदाबाट हटाईएको भन्दै अधिकार प्राप्ती नभएसम्म आन्दोलन जारी रहने गाहाकाे भनाई छ । बन्दमा पाल्पामा जारी जात्रालाई भने कुनै अवरोध नगर्ने , शैशिक्ष सस्थाहरु संचालन हुन दिने तर यातायात, बजार पसल हरु भने बन्द रहने बन्द आयोजकले जनाएका छन् ।

प्राचिन ऐतिहासिक तथा बिघटिन संबिधान सभाको राज्यपूर्नसंरचना समिति र उच्च स्तरिय राज्यपूर्नसंरचना अयोग द्धारा प्रस्ताबित मगरात भुमि पाल्पा, गुल्मी, बाग्लुङ्ग, म्याग्दी, रोल्पा, प्युठान, अर्घाखाची, तनहुको पुर्बी दक्षिण क्षेत्र, गोरखाको दक्षिण क्षेत्र, कास्कीको पश्चिम उत्तर, पर्बतको पश्चिम उत्तर क्षेत्र, स्याङ्जाको पश्चिम दक्षिण क्षेत्र, दाङको उत्तरी क्षेत्र, डोल्पाको दक्षिणी क्षेत्र, रुपन्देहीको पुर्बी उत्तर क्षेत्र, सल्यानको पुर्बी क्षेत्रलाई एउटै कलस्टरमा पर्ने गरि सिमाङ्कन गर्न माग गर्दै मगरात क्षेत्रका चार अंचल धौलागिरि, लुम्बिनि, राप्ती र गण्डकी अंचलका ९ जिल्ला बन्दको आब्हान गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रिय सदस्यहरु गम बहादुर थापा, मोहन थापा, र संघका सल्लाहकार केयरसिंग रानाले पहिचान, पुर्ण अधिकार, समानुपातिक समाबेशी नीति सहितको संघिय संबिधान निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले आदिबासी जनजातिको संबैधानिक आयोग गठन गर्न, धर्मनिरपेक्ष राज्यको ब्यवस्था कायम गर्न, बहुभाषिक नीति र मातृ भाषामा शिक्षा आर्जन गर्न पाउने माग गरेका छन् ।
बर्सौ देखि पछि पारिएका मगरहरुले आफ्नो अधिकारको लागी आवाज उठाएको भन्दै ईमान्दार मगरहरुको आवाज राज्य र राजनितिक नेतृत्वले तत्काल सुन्नुपर्नेमा उनीहरुको जोड छ । बल बहादुर गाहाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको मगर संघ पाल्पाका सचिब यस कुमार गरम्जाले संचालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %