देब पचभैया
पाल्पा, ११ भदौ – नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना गरेका पुरस्कारहरु प्रदान गर्ने भएको छ ।
२०६८ सालदेखि बितरण हुन नसकेका पुरस्कारहरु शुक्रबार बसेको महासंघको बैठकले बितरण गर्ने निर्णय गरेको हो । पुरस्कार बितरणकालागि विभिन्न उपसमिति गठन गरिएको छ ।
उत्कृष्ठ पत्रकारिता पुरस्कार स्थापनाकालागि संयोजक नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्याल, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादे, सदस्यमा वरिष्ठ पत्रकार मेघराज शर्मा रहनु भएको छ ।
यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारकालागि पत्रकार महासंघका अध्यक्ष अर्याल संयोजक रहनुभएको छ भने स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेय र महासंघका सल्लाहकार झपेन्द्र गहिरे सदस्य रहुनभएको छ ।
देवीभक्त चोलकुमारी, सामाजिक जागरण र मानवअधिकार पत्रकारिता पुरस्कार बितरणलागि महासंघका अध्यक्ष अर्याल संयोजक, सदस्यमा सम्बन्धित पुरस्कार स्थापना गर्ने पुरस्कारदाताहरु र अर्का सदस्य महासंघका सल्लाहकार गोविन्द भट्टराई रहनुभएको छ ।
महासंघको पूर्ण बैठकले शाखाभित्रको सदस्यताका षियमा आएका गुनासालाई मध्येनजर गरी भगवान भण्डारी संयोजक, जगदीश भट्टराई, रेखीराम राना, कमलराज तिमिल्सेना, सन्तोष बस्याल सदस्य रहेको सदस्यता शुद्धिकरण सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । विगत डेढ वर्षदेखि नेपाल प्रेस युनियनले सदस्यता शुद्धिकरणको विषयलाई उठाएर महासंघमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
वैठकले पत्रकार महासंघमा आवद्ध शाखाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहनेगरी अन्तक्र्रियात्मक वनभोज गर्नेसमेत निर्णय गरेको छ । वनभोज सम्पन्न गर्नकालागि पूर्व कोषाध्यक्ष माधव अर्याल संयोजक रहेको समिति गठन गरिएको छ ।
जसको सदस्यहरु कोषाध्यक्ष मिलन विक र सदस्य कृष्ण कार्की रहनुभएको छ । सोही अन्तक्र्रियात्मक वनभोज कार्यक्रममा शाखा सल्लाहकार एवं अग्रज पत्रकार झपेन्द्र गहिरेले पत्रकारिता र आत्मअनुशासन विषयक कार्यपत्र प्रस्तुत गर्ने बैठकले निर्णय गरेको छ ।
