कमल चौधरी
बुटवल,भदौ ११ – राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला कार्य समिति रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको विरोधसभा कार्यक्रमा बोल्दै कैलाली लगायतका दंगाग्रस्त घोषणा गरी सेना परिचालन गर्न नहुनेमा बक्ताहरुले जोड दिएका छन् ।
उक्त कार्यक्रममा सरकारले सेना परिचालन फिर्ता तुरुन्तै फिर्ता बोलउनुपर्ने र संघीय लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिए । साथै धर्म निरपक्ष राज्य नेपाल कायम गर, जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको संविधानमा ग्यारेन्टि गर । भष्ट्रचारीलाई देशद्रोही घोषणा गर लगायतका नाराहरु घन्काउदै बुटवलको चौरह देखि मिडिया चोक सम्म र्याली निकालेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको विरोध सभा कार्यक्रममा, संघीय परिषद् सदस्य होमाया गुरुङ्ग संघीय परिषद् सदस्य लेख प्रसाद गुरुङ्ग, लुम्बिनी अंचाल उपाध्यक्ष धनी आले, युवा मोर्चाको लुम्बिनी ईन्चर्ज डि.वी थापा, क्षेत्र नं. ३ का स– सचिव हरिओम वि.क लगायतले बोल्दै पहिचान सहितको संघियता अधिकार माग्द राज्यले सेना द्वारा दमन गर्न नहुनेमा जोड दिएका थिए ।
उनीहरुले अदिवासी जनजाति, महिला, मदेशी, मुस्लिम, दलित समुदायको हक अधिकार सुनिश्चि हुने खलको संविधान निर्माण हुनुपर्नेमा जोड दिए ।
