बुटवलमा राजमुपाको शक्ती प्रदर्शन
सनु थापा मगर
बुटवल, भदौ ११-राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी समिति सदस्य होमाया गुरुङले पहिचान र अधिकारबिना ल्याइएको संबिधान नमान्ने बताएका छन ।
गुरुङले पहिचान र संघीयता सहितको संबिधान ल्याउंनु पर्नेमा जोड दिए । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति, रुपन्देहीले शुक्रबार बुटवलको मिडियाचोकमा आयोजना गरिएको खबरदारी मार्च पास पछि आयोजित सभालाई सम्बोधन गदैं उक्त धारणा व्यक्त गरेको हो । कांग्रेस र एमाले संघीयता बिरोधी भएको आरोप लगाउंदैं गुरुङले उनीहरुले आदिवासी जनजाति, दलित, महिला, मुस्लिमलाई अधिकार दिन नचाहेको बताए । गुरुङले पार्टीले जातीय राज्य होइन अहिले कायम रहेको एकल जातीय राज्यलाई ध्वस्त गरि सबैको समानुपातीक समावेशी प्रतिनिधित्वको राज्य बनाउंन चाहेको बताए ।
