दुवईमा कार्यरत नेपालीबाट भुकम्प पिडित बिधालयलाई निमार्ण सामाग्री वितरण

दिलप्रशाद थापा मगर

  दुवई,२७ अगष्ट – दुवईमा वैदेशिक रोजगारमा रहनु भएका टंक थापा मगरको पहलमा नेपालको भुकम्प पिडितको सहयोगार्थ नुवाकोटको त्रिसुली बन्दरे गाँउमा शुक्रवार एक लाख बराबरको विद्यालय निर्माण सामाग्री वितरण गरिएको छ ।

  रुपन्देही बुटवल उपमहानगर पालिका वडा न २१ मोतिपुरमा घर भएका थापा मगर दुवईको इप्को कम्पनीको डिष्ट्रव्युसन डिपार्टमेन्टमा कार्यरत रहेका छन  ।  थापाले आफ्नो पहलमा त्यहाँ कार्यरत विदशी कर्मचारीहरु सँग नेपालको भुकम्प पिडितको निम्ती सहयोग स्वरुप रु एक लाख रुपैया संकलन गरेका थिए ।

  सो संकलित रकम नेपालमा आफ्नो आमा भेष कुमारी थापाको हातमा पठाए र सहयोग गरेका हुन । थापाका अफन्तजन गङ्गा मिधुन, इन्दिरा थापा, मेनुका थापाको सक्रियतामा विद्यालय निर्माण सामाग्री वितरण गरिएको हो । उक्त वितरण कार्यक्रम को व्यवस्थापन स्थानिय समाजसेवी डिवि वाइबाले गरेका थिए ।

  समाजसेवामा विशेष चासो राख्ने थापा यु.ए.ईको विभिन्न संग सस्थामा पनि अवद्ध रहेका छन  । उनि नेपाल मगर संघ युएइ को उपाध्यक्ष साथै रुपन्देही समाज युएइ का केन्द्रीय कार्य समितीको सदस्य सल्लाहकार पनि हुन ।

(थापा मगर न्युर्योक स्थित राज्यसत्ता डटकमका सम्बादाता हुन)