चुम्लुङ केन्द्रिय सचिवालय लिम्बुवानको मुख्य भुमिमा
भैरब आङ्ला
धरान,लिम्बुवान स्वायत्त राज्यको माग गर्दै अधिकार कर्मी हरुले ‘सडक कब्जा’को कार्यक्रम सुरु गरेका छन् । अरूण–सप्तकोशीपूर्व लिम्बुवान राज्य स्थापनामा दबाब दिन लिम्बुवान सङ्घर्ष समितिले कब्जा अभियान थालेको हो ।
६ प्रदेशले लिम्वूवानको माग सम्बोधन गर्न नसकेको ठहर गर्दै पूर्वका नौ जिल्लाहरूमा लिम्बुवान अकुपाई नाम दिएर अनिश्चितकालीन कार्यक्रमका साथ सडकमा उत्रेको समितिलाई संयोजन गरिरहेको किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनले बताए । उनले सङ्घर्ष समितिमा लिम्बुवानजन्य राजनीतिक पार्टीहरूसहित सामाजिक सङ्घ संस्थाहरू सामेल रहेको जनाए ।

‘पहिलो चरणमा शान्तिपूर्ण तरिकाले लिम्बुवानको सडक कब्जा अभियान थालेका हौं,’ येक्तेनले भने, ‘समयमै माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्ताल सम्मका कार्यक्रम सम्म ल्याउने छौं ।’ यसैबीच लिम्बुवानको बाक्लो गतिविधि हुँदै आएको धरानबाट अभियान थालिएको छ । अभियान प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भएर बेलुकी ६ बजेसम्म किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाङदेनले बताए । उनले भने, ‘अकुपाई अन्तर्गत प्लेकार्ड, ब्यानर प्रर्दशनदेखि साँस्कृतिक कार्यक्रमसम्मका शान्तिपुर्ण ढंगले लिम्वूवान कव्जा कार्यक्रम हुनेछन् ।
लिम्वूवान संघर्ष समितिले लिम्वूवान स्वायत्त प्रदेश हुनुपर्ने, धर्मनिरपेक्ष राष्ट्र, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, संघिय लोकतान्त्रिक गण्तन्त्र नेपाल हुनुपर्ने र पुर्ण समावेशी लोकतन्त्र लगायतको ९ वुदे माग लिएर लिम्वूवान प्राप्तीको आन्दोलन अघि वढेको अध्यक्ष थाङदेनले बताए । लिम्वूवान कव्जा अभियान सुनसरीको ईटहरी, झापाको दमक, बर्तामोड, मोरङको उर्लावारी, इलाम, धनकुटा, म्याङलुङ, फिदिम, संखुवासभा र ताप्लेजुङको फुङलिङसम्म विस्तार हुने लिम्वूवान संघर्ष समितिले जनाएको छ ।
लिम्बुवान आन्दोलनलाई एकीकृत र संयुक्त रूपमा अगाडि लैजान किरात याक्थुङ चुम्लुङले भदौ पहिलो साता सङ्घर्ष समिति ब्युँताएको हो । लिम्वूवान प्रति राज्यले उपेक्षा गरेकोले किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवलयनै लिम्वूवानमा आएर लिम्वूवान प्राप्तीको लागि मेन लेनमा लिम्वूवान आन्दोलन गर्न लिम्वूवानमा आएको अध्यक्ष थाङ्देनले वताए । किरात याक्थुङ चुम्लुङले संयोजन गरेको समितिमा सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा–माओवादी, सामाजिक लोकतान्त्रिक पार्टी लगायतका १६ बुदेमा सहमति गरेका दलहरू छन् ।
त्यस्तै, सम्बद्ध संस्थाका रूपमा लिम्बु विद्यार्थी मञ्च, लिम्बु पत्रकार सङ्घ, फक्ताङलुङ साँस्कृतिक सयङ, लिम्बु युवा मञ्च, किरात याक्थुङ माङगेन्ना चुम्लुङ लगायतका लिम्बुजन्य संस्थाहरू छन् । समितिमा लिम्बुवानका थातथलो खुलेका जातिहरूको प्रतिनिधिमूलक संस्था, आदिवासीजन्य सङ्गठनहरू पनि समावेश गर्ने तयारी चलिरहेको महासचिव येक्तेने बताए । लिम्वूवान क्षेत्र भित्र विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गर्ने, जिल्ला, नगर र गाविसको पुरानो अवधारणा हटाउने लगायतको अभियानहरु आन्दोलनमा चलाईने छ ।
लिम्वूवान प्राप्तीको लागि लिम्वूवान भित्र थाक थलो खोलिएका जाति समुदाय र लिम्वूवान वासीहरुको संरक्षित तथा स्वायत्त क्षेत्र राखिने र थारु, मधेशीहरु संग वार्ता तथा पैरबी गरी आन्दोलनमा सहकार्य गरिने पनि अध्यक्ष थाङ्देनले बताए । लिम्वूवानको मागलाई समयमै सम्बोधन नगरिए आन्दोलनलाई चर्काएर लाने समेत लिम्वूवान संघर्ष समितिले जनाएको छ ।
