नेपाली सेनाको टोलीले थारूको घर-घरमा आगो लगाईदै यसरी थारू जतिको बास नै उठायो पुरा पढ्नुहोस ।
सेना र अखण्डले थारूको घर बस्तिहरू यसरी जलायो

मिडियाको गलत प्रचार र चार दलले गर्दा आज थारु जातिलाई नै घृणाको नजरले देखियो तर थारु जातिलाई दास सरह सधै नै खुट्टाको तल राख्न खोज्ने उनिहरुलाई किन कोही केही भन्दैन??
निर्दोष थारूको घर घरमा सेनाकै आडमा आगो लगाइदा पनि किन कोही बोल्दैन?? एउटा बालक पनि गोली लागेर मर्यो के हामीलाई दुख लागेको छैन?? तर गलत प्रचार गरेर थारुको नाम बिगार्नेलाई थाहा हुनुपर्ने बालक गोली लागेर मरेको छ र बन्दुक प्रहरीको हातमा हुन्छ । आन्दोलनकारीले बन्दुक चलाको त पुस्टि नै भाको छैन। यो एक दुर्घटनालाई थारुको नाम दिनेहरु सोच्नुस एकपल्ट कृपया । अनि मान्छे जलाको गलत फोटो फेसबुकमा राख्नेहरु यो लिङ्कमा हेर्नुस गलत आरोप लाग्दा हामी असहय बनिरहेका छौं ।
सेना र अखण्डले थारूको घर बस्तिहरू यसरी जलायो

भर्खरै, टीकापुर अस्पतालमा कार्यरत एक जना चिकित्सकले दिएको जानकारी अनुसार उक्त अस्पतालको अवस्था भयवाह बनेको छ । अस्पतालको सेवा सुविधाको वितरण अनुहार हेरेर गरिएको अवस्था छ । थारू कर्मचारीहरुलाई घर फिर्ता पठाइएृको अवस्था छ । कफ्र्युको क्रममा तथा ठूलो संख्यामा सेना परिचालन गरिएको अवस्थामा पनि छानी–छानी तोडफोड र आगजनि भैरहेको छ । यति बेला मानवअधिकारवादीहरु भूमिकाविहिन अवस्थामा देखिएका छन् । सञ्चारमाध्यमहरु प्नि केवल सूचना प्रवाह गर्ने होडबाजीमा पीडितलाई झनै पीडामा पार्ने काम, बलेको आगोमा घ्यु थप्ने काम मात्रै गरिरहेका छन् ।
-Journalist Lakhan
कैलाली । कैलालीको टीकापुरमा अखण्ड पक्षधरले थारुहट नेता कार्यकर्ताको घरघरमा आगो लगाइहेका छन् ।
प्रदर्शनकारी प्रहरीको गिराफ्तारीमा
सभासद् रामजनम चौधरीले दिएको जानकारी अनुसार कफ्र्यूको उलंघन गर्दै अखण्डका पक्षधरका कार्यकर्ताले क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जनकराज चौधरीको घरमा आगो लगाएका छन् । थारुहट आन्दोलनका क्षेत्रिय संयोजक रेशम चौधरीको घरमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । सभासद् रामजनम चौधरीले प्रहरी र सेनाको आडमा थारु कार्यकर्ताको घरमा आगो लगाइएको आरोप लगाएका छन् । उनका अनुसार अहिले सम्म १० घरमा आगो लागि सकेको छ । त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चार राउण्ड हवाइ फायर गरेको जनाएको छ ।
राजेश चाम्लिङ भ्रमपूर्ण प्रचारले हिंसा नबढाओस् है !
टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ ।
घटनाबारे अहिलेसम्म एकपक्षीय सूचनाहरु आइरहेका छन् । धेरै मिडियाले सरकारी अधिकारीहरुको सूचनामा केन्द्रित भएर समाचार बनाइरहेको देखिन्छ । बाहिर आएका तथ्यहरु सबै सत्य हुन् भने पक्कै पनि यो आन्दोलनकारी आफ्नै बलबुतामा मात्र भएको भन्न सकिने स्थिति छैन ।
प्रदर्शनकारी प्रहरीको गिराफ्तारीमा

मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन । लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ?
लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् । गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन । त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन ।
जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन । त्यसैले कि यो ठूलो षड्यन्त्र हो कि त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ, भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन । अर्कोतर्फ सरकारी अधिकारीहरुले मृत्यु भएका प्रहरीहरुको संख्याबारे दिएको जानकारी पनि अतिरञ्जित हो कि जस्तो देखिन्छ । प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ ।
यदि कसैले आन्दोलनकारीको भेषमा षडयन्त्रपूर्ण तरिकाले नेपालको तरल राजनीतिक अवस्थालाई अर्को दिशातर्फ मोड्न यो प्रयत्न गरेको हो भने आम नेपालीले सचेततापूर्वक यसको सामना गर्नुपर्छ । आन्दोलकारीले पनि आफ्नो आन्दोलनलाई आफ्नै कमाण्डमा राख्न सक्नुपर्छ ।
षडयन्त्र वा यथार्थ जे भए पनि आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थारूहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ संसद र जनतालाई जानकारी दिनुपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ? देशमा यत्रो रगतको खोला बग्दा राजीनामा दिने कि, सेना परिचालन गर्ने?
(जनचेतनाको लागी :khabardabali.com बाट साभार गरिएको)
