बन्दको अबज्ञा तोड्न खोज्दा झन्डै गयो ज्यान

Read Time:1 Minute, 40 Second

कृष्ण सारू मगर

  बुटवल, भाद्र ८ –  आदिवासी जनजातिले नेपाल बन्द घोषणा गरेकोलाइ अवज्ञा गर्दै तिब्र गतिमा बुटवल देखी भैरहवा तर्फ जाँदै गरेको लु ११ प. १६४५ नं. मोटर साईकलले हस्पिटल चौक अगाडि बु.न.पा ४२९३नं को रिक्सालाई पछाडी बाट ठक्कर दिँदा रिक्सा चालक राधाकृष्ण टोल निवासी वर्ष-२५का आदित्य नेपाली र सोही रिक्सामा सवार कालिका नगर -१३ निवासी वर्ष-४०का खिम श्रेष्ठ दुबैलाई टाउकोमा गम्भीर चोटपटक लागेको छ ।

मोटरसाईकल चालक बुटवल-६ ट्राफिक चौक निवासी शुभ आलमलाई बाँया कोखमा गम्भीर चोटपटक लागेको छ भने सुशान्त शाक्य सामान्य अवस्थामा रहेका  छन ।

घाईतेहरू सबैलाई बाँया तर्फको टाउको, हात, खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ । सोही मोटरसाईकलमा सवार शाक्य र चालक आलम दुवै वर्ष-२३का यूवा हुन् ।

कागज पत्रलाई ट्राफिक प्र. ज. दामोदर पोख्रेल लाई बुझाएको छ भने, दुर्घटनामा परेको मोटरसाईकल लाई प्रहरीले नियन्त्रमा लिएको छ । उक्त क्षेतविक्षेत रिक्सा बु.उप.म.न.पा.१३ देवीनगरका पूर्ण चन्द्र अर्यालको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %