गृहमन्त्री गौतमले जनतालाई गोली हान्न सेना गुहारे ।

Read Time:2 Minute, 5 Second

राज्यसत्ता,

काठमाण्डौ,भाद्र ८ – कैलालीमा भएको झडपबाट ठुलो घटना प्रति गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदको आकस्मिक बैठक बोलाएर जानकारी दिएका छन् ।

बैठकमा बोल्दै गृहमन्त्री गौतमले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने निर्देशन दिएका छन् । साथै गौतमले झडप निम्त्याउने आन्दोलनकारीलाई गोली हान्ने आ देश समेत दिएका छन् ।

कैलालीमा आन्दोलनका नाममा सोमबार एसएसपी, इनिस्पेक्टर सहित २१ प्रहरी सहित २४ को मृत्यु भए लगतै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।

गृहमन्त्री गौतमले आक्रमणकारीले प्रहरीहरुलाई जिउँदै आगो लगाएकोसमेत जानकारी दिए । आक्रमणकारीहरु गाउँमा गएर लुकेको सूचना प्राप्त भएको पनि उनले जानकारी दिए ।

यता रौहहटमा पनि दक्षिणतिरबाट मानिसहरु सदरमुकामतर्फ आइरहेको तथा सर्लाहीमा पनि त्यस्तै भइरहेको भन्दै दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको गृहमन्त्री गौतमले बताए ।

गौतमले प्रहरीको जिम्मा लिए र जनजातीहरू लाइ तह लगाउँन नसकेपछि सेनालाइ गुहार्न पुगेका गौतमले सेना परिचालन गरी गोली हान्न आदेश दिएका हुन । तर,सेना ब्यारेक बाट बाहिर जान राष्टपतिको आज्ञाप्रमाणी हुनु पर्दछ । गौतमले अझै पनि ठुलो भूल गर्दै देशमा गृययूद्द निम्त्याइ रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %