कैलालीमा एसएसपी सहित ‘२१ प्रहरी मारिए’-गृह मन्त्रालय,एक लाई जिउदै जलाइएको दावी,फोटो समाचार

Read Time:2 Minute, 25 Second

देब पचभैया

कैलाली, भदौ ७ – कैलालीको टीकापुरमा थरूटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ ।

फोटो: बिभिन्न श्रोत बाट

 

 

झडपमा परी एक एसएसपी,२ जना इन्सपेक्टर सहित २१ जना सुरक्षाकर्मी र ३जना आन्दोलनकारीको मृत्यु भएको छ । कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो। ८ देखि १० हजारको संख्यामा रहेका आन्दोलनकारीले छुरा, भाला, बन्चरो सहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको थियो ।

झडपमा परी नेपाल प्रहरीको एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टरद्वय बलराम विष्ट, केशव बोहोरा र एसएसपीका नाम नखुलेका सुरक्षा गार्ड तथा प्रहरी जवान लोकेन्द्र चन्दको मृत्यु भएको छ ।

यस्तै हवल्दार राम विहाही चौधरी र ललित साउदको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । यद्यपी जिल्ला प्रशासन कार्यालयले भने औपचारिक पुष्टी गरेको छैन । प्रहरीतर्फ कम्तिमा ३० जना घाइते भएको हाम्रा संवाददाता लोक पल्ली मगरले बताए । घाइतेको टिकापुर अस्पतालमा उपचार भइरहेको छ । केही प्रहरी हराइरहेका छन् ।

प्रदर्शनकारी तर्फको हताहतीबारे जानकारी आएको छैन । उनीहरूलाई थप उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको छ ।प्रदर्शनकारीले अबज्ञा घेरा तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारी माथी अश्रुग्यास र गोली हानेको बद्लामा  प्रदर्शनकारीले घरेलु हतियारले आक्रमण गरेका थिए । उनिहरूले ज्यानको प्रबाह नगरी बन्चरो र भाला प्रयोग गरेर प्रहरीको ज्यान लिएका हुन् ।

आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेको जनाइएको छ । श्रोत  अनुसार धेरैको हताहत भएपनि अहिलेसम्म यतिको मात्र पुष्टी भएको स्रोतले बतायो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %