गोविन्द घर्ती
रुपन्देही, भद्रौ ५ – नेपाल आदिवासी जनजाति महासंघ देवदह नगरसमितिले आम हड्तालको पुर्वसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ ।
आदिावासी जनजाति महासंघले विभिन्न माग राख्दै २ दिने आमहड्तालको आव्हान गरी त्यसको पुर्व सन्ध्यामा मसाल जुलुस निकालेको हो । देवदह–८, शितलनगर देखि शुरु भएको मसाल जुलुस खैरेनीमा आएर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै आदिवासी जनजाति संयुक्त संघर्ष समिति रुपन्देहीका सहसंयोजक दलबहादुर विरकट्टाले सदियौ देखि आदिवासी जनजातिहरु अधिकारबाट विमुख हुदै आएको बताए । संविधानको प्रारम्भिक मस्यौदामा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुने अवस्था नभएका कारण वाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको बताए । उनले आदिवासी जनजातिहरु संग गरेको सम्झौता कार्यान्वयन गर्नु पर्ने भन्दै कार्यान्वयन नभए निरन्तर रुपमा आन्दोलन गर्ने बताए । सहसंयोजक विरकट्टाले पहिचान सहीतको संघीयता संविधान जारी गर्नु पर्ने र धर्म निरपेक्षता कायम गर्न दवावको आवश्यकता रहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समन्वय परिषदका अध्यक्ष बोमबहादुर गुरुङ्गको अध्यक्ष्ँता, सचिव थमबहादुर बुढाथोकीको संचालनमा भएको कोणसभामा विभिन्न एकल जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
धर्म निरपेक्षता कायम गर्नुपर्ने, पहिचान सहितको संघीय संविधान जारी गर्नुपर्ने, आदिवासी जनजाति संघ गरिएको सम्झौता कार्यान्वयन गर्नु पर्ने, सिमाङकन तथा नामाकङ्गन सहितको संविधान जारी गर्नु भन्दै नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले भद्रौ ६ र ७ गते नेपाल बन्दको आव्हान गरेको हो ।
