राज्यसत्ता
पोखरा, ६ भदौ – केहि समयदेखि युनियन गठन गर्नुपर्ने माग गर्दै आएका माछापुच्छ्रे बैंकका कर्मचारीले आज (आइतबार) देखि बैंकका सबै काम ठप्प पार्ने भएका छन् ।
बैंकले आन्दोलनमा लागेर बैंकको छवि बिगरेको भन्दै ६ जना कर्मचारीलाई बर्खास्त र २६ लाई सुरुवा गरेपछि उनिहरु थप आन्लोलीत बनेका हुन् । माग सुनुवाई गर्नुको सट्टा उल्टै बर्खास्त र सुरुवा गरेपछि आफुहरुले बैंकका सबै काम ठप्प पार्न लागेको माछापुच्छ्रे बैंक कर्मचारी युनियन तदर्थ समितिका संयोजक बिकास श्रेष्ठले जानकारी दिए ।
‘हामीले तदर्थ समिति गठन गरी कानुनी प्रक्रिया अनुसार दर्ता गर्दै थियौं’ संयोजक श्रेष्ठले भने ‘तर, बैंकले यो थाहा पाएर षड्यन्त्र गरी कर्मचारीलाई ठाउँ, पायक नहेरी बिना जानकारी सरुवा गर्यो । अहिले आएर छानीछानी कर्मचारीलाई बर्खास्त गरेको छ । अब हामी कडा आन्दोलन गर्न बाध्य भएका छौं ।’
तीन बर्ष अगाडी पनि माछापुच्छ्रे बैंकमा कर्मचारी युनियन गठन गर्ने प्रयास भएको थियो । तर, बैंकले युनियन गठन गर्न खोज्ने कर्मचारीको बढुवा तथा सुविधा थपेर युनियन गठन गर्न प्रयासलाई तुहाईदिएको थियो । यसपटक पनि बैंकले युनियन गठन गर्न लागेका जानकारी पाउने वित्तिकै सरुवा गरेको जानकारी पठाएको थियो ।
अहिले आन्दोलन गर्ने र यूनियन गठन गर्न खोज्ने कर्मचारीलाई सरुवा गरेको हो ।
