माया घले मगर
तेलअविव- इजरायल, २० अगष्ट बैदेशिक रोजगारको क्रममा इजरायलमा बसोवास गर्ने नेपाली आदिवासी जनजातीहरुले प्राध्यापक डा. ओम गरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेका छन ।
२१ औ बिश्व आदिवासी दिवस गत अगस्ट १४ तारीख शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ,इजरायल र सो संस्थामा आवाद्ध जातीय संस्थाहरुको संग्लग्नतामा तेलअविव शहर स्थित लेभंदा – ३२ मा रहेको हलमा भव्यताको साथ सम्पन्न गरेको छ ।
आयोजित कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका अध्यक्ष सुवास राई र स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्रीमती शरिन ख्युङबा तामाङले साथै संस्थाका महासचिव निर्मला गुरुङ र कार्यकारीणी सदस्य जीवन थाक्लुङले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ नेपालका भूपू महासचिव तथा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता प्राध्यापक डा. ओम गरुङ रहेका थिए ।
कार्यक्रमको बिसिस्ट अतिथिमा नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख तथा काउन्सिलर खड्ग प्रसाद दाहाल ,बिसेस अतिथिशरूमा संस्थाका संस्थापक अध्यक्ष तेन्जिन शेर्पा ,संस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष सुन्दर सिंह तामाङ ,र अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ,इजरायल संग आवाद्ध जातीय संस्थाका अध्यक्षहरु , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अनलाइनमिडियाका सम्पादक तथा प्रतिनिधिहरु रहेका थिए ।
यसैगरी २१ औ विश्व आदिवासी दिवसको अबसरमा नेपाल आदिवासी जनजाती महासंघ,इजरायल सँग आवाद्ध जातीय संस्थामा मगर संघ इजरायलका अध्यक्ष बशन्त रास्कोटी मगरले मगरात थाँतथलोको बारेमा संबिधानमै राखिनु पर्ने बताएका थिए ।
त्यस्तै किराँत राई यायोक्खा इजरायलका अध्यक्ष बालकुमार राई, शेर्पा संघ इजरायलका अध्यक्ष दावाचिरिङ शेर्पा , नेवा ख:ल ,इजरायलका उपाध्यक्ष दाना कादम्बरी श्रेष्ठ , तमु समाज इजरायलका अध्यक्ष डिक कुमार तमु ,किराँत याक्थुङ चुम्लुङ ,इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बु र नेपाल तामाङ घेदुङ,इजरायलका अध्यक्ष बी बी लामा तामाङले आदिवासी जनजातीहरुको भाषा , कला र संस्कृतिलाई सम्मान गर्दै अब बन्न लागेको संविधानमा आदिवासी जनजातीहरुको पहिँचान सहित हक अधिकारको माँगलाई सुनिश्चित गर्नु पर्ने आवाज उठाउदै शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाल आदिवासी जनजाती महासंघ,इजरायल सँग आवाद्ध जातीय संस्थाहरु द्वारा आ-आफ्नो जातीय भाषा , कला तथा संस्कृति झल्कने नृत्य कार्यक्रम प्रस्तुत गरिएको थियो । जस्मा मगर संघ इजरायलले मगरको अतिनै लोकप्रिय कौडा नाँच प्रस्तुत गरि उपस्थित पाहुँनाहरूलाइ मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. ओम गरुङलाई नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको तर्फबाट आदिवासी जनजाती समुदायको भाषा ,धर्म, कला तथा संस्कृतिको बिकास र संरक्षणको लागि महत्वपुर्ण भूमिका निर्वाह पुर्याएमा सम्मान पत्र द्वारा संम्मान गरिएको थियो । तमु समाज ,इजरायल द्वारा पनि गुरुङ जातिको भेषभूषाको पहिरन लगाई दिदै डा. ओम गरुङलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । यसैगरी निवर्तमान कार्यसमितिमा रहेर संस्थालाई योगदान पुर्याएका पदाधिकारीहरुलाई पनि सम्मान पत्र र कदर पत्र द्वारा सम्मान गरिएको थियो ।
(बसन्त रास्कोटी मगर अध्यक्ष रहेका मगर संघ इजरायलका कलाकार कौडा नृत्य प्रस्तुत गर्दै)
यसैगरी कार्यक्रमको लागि नेपालबाट आमन्त्रित प्रमुखअतिथि प्राध्यापक डा. ओम गरुङले आदिवासी जनजाती समुदायहरुलाई जातीय राज्यको हवाला दिंदै १० बर्षे जनयूद्धमा एमावोबादीले प्रयोग गरेको तर हाल आएर आदिवासी जनजाती समुदायको सम्पूर्ण मुद्धाहरुलाई एमावोबादीले छाडेको आरोप लगाए । १० बर्षे जनयूध्दमा जनजातिलाइ सपनाको महल बनाइ दिएर अहिले त्यो महल आफैले प्रयोग गरेको गुरूङले बताए । माओबादीको झुटको खेतिले आदिबासी जनजातिको अधिकार धरापमा परेकोले सडकमा निश्कन उनै बाहुन पण्डितहरूले बाध्य पारेको गुरूङले बताए । डा. गुरुंग जातीय पहिँचान सहितको प्रदेश स्थापित गर्न र धर्म निरपेक्षा कायम राख्नको लागि नेपालमा विभिन्न आन्दोलनहरुका कार्यक्रमहरु घोषित भईसकेकोमा जसलाई सफल पार्न बिदेशमा रहेका आदिवासी जनजाति समुदायहरुले आर्थिक र नैतिकका रुपमा साथ र समर्थन अनिवार्य रहेको बताएका थिए ।
कार्यक्रममा शुभकामान मन्तव्य राख्दै बिशेष अतिथि सुन्दर सिंह लामा तामाङले आदिवासी जनजातीहरुको हक ,अधिकार र पहिचान स्थापित गर्नुको लागि जस्तोसुकै संघर्षमा होमिनुको लागि आम आदिवासी समुदायहरु तयार हुनुपर्ने र परी आएको अवस्थामा बैदेशिक रोजगारमा लागेको युवाहरु स्वदेश फर्किन तयार हुनु पर्नेमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रमका बिसिष्ट अतिथि नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख तथा काउन्सिलर खड्ग प्रसाद दाहालले आदिवासी जनजाती समुदायहरुको आवाज र मागलाई सम्बोधन गर्दै संविधान जारी होस् भन्ने शुभकामना दिएका थिए ।
अन्तमा कार्यक्रमको सभापति सुवास राईले कार्यक्रमलाई सभ्य र भव्य रुपले सम्पन्न गर्न सहयोग पुर्याउनु हुने महासंघ सँग आवद्ध जातीय संघसंस्था लगायत प्रत्क्षय तथा अप्रत्क्षय रुपमा सहयोग गर्नु हुने सम्पर्ण महानुभावज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समाप्तिको घोषणा गरेका थिए ।